ओलीलाई भेट्न किन गए उपप्रधानमन्त्री कमल थापा ?


प्रकाशित मिति : बैशाख १४, २०७४ बिहीबार

उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको संख्याबारे प्रमुख विपक्षी दलका नेता केपी ओलीसँग छलफल गरेका जनाइृएको छ ।
बालुवाटारमा एमालेको समेत सहमतिमा स्थानीय तहको संख्या बढाउन मधेसी मोर्चासँग सहमति भएलगत्तै सरकारी कार्यदलका संयोजक समेत रहेका मन्त्री थापा ओलीलाई भेट्न पुगेका जनाईएको हो ।
एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा स्थानीय तहको संख्या बृद्धिबारे छलफल भएको जनाएको छ ।
उपप्रधानमन्त्री थापाका अनुसार एमाले र मधेसी मोर्चा दुबैको सहमतिमा अघि बढ्ने सरकारको तयारी रहेको बताईएको हो ।

उनले आजै एमाले र मधेसी मोर्चासहितको बैठक समेत बोलाएका जनाईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com