कोरोना महामारीमा आइसको अपरेशन, २ हजार कागजपत्रविहिन पक्राउ


प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कोरोना महामारीका बेलामा गरेको अपरेशनमा २ हजार कागजपत्रविहिनलाई पक्राउ गरेको मंगलबार जनाएको छ । अपरशेन जुलाईदेखि अगस्तसम्म संचालन गरिएको थियो ।

अपरेशनका क्रममा अपराधको अभियोग लागेकाहरुलाई पक्राउ गर्नमा ध्यान केन्द्रीत गरेको बताइएको छ । तर कुनै अपराधको पृष्ठभूमि नभएका कागजपत्रविहिनहरु समेत यो अवधिमा पक्राउ परेका छन् ।

निवास, कार्यस्थल, ट्राफिक स्टप लगायतका ठाउँहरुबाट उनीहरुलाई पक्राउ गरिएको आइसले जनाएको छ । लस एन्जलसमा सबैभन्दा धेरै कागजपत्रविहिनलाई पक्राउ गरिएको छ । पहिले नै देशनिकालाको आदेश पाइसकेका तर अमेरिका नछाडेकाहरु पक्राउ परेको जनाइएको छ ।

पक्राउ परेकाहरुमध्ये झण्डै ८५ प्रतिशत भने अपराध पुष्टी भएकाहरु रहेका छन् । घरेलु हिंशा, लुटपाट, डकैती र यौन हिंशा गरेकाहरु सबैभन्दा धेरै रहेका छन् ।

महामारीका बेलामा आफूले कहिले पनि कागजपत्रविहिनलाई पक्राउ नगर्ने नबताएको तर सार्वजनिक सुरक्षामा खतरा रहेकाहरुलाईमात्र पहिलो प्राथमिकता दिइएको आइसले जनाएको छ । अध्यागमनका नियम उल्लंघन गर्नेहरुलाई पक्राउ गर्ने क्रम जारी रहने र महामारीका नाममा छुट नदिइने आइसले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुशार हिराशतमा रहेका ५३ सय भन्दा धेरै आप्रवासीहरुमा कोरोना पोजेटिभ देखिएको छ भने कम्तीमा ६ जनाको मृत्यु भएको छ । आर्थिक बर्ष २०२० सुरु भएदेखि आइसले झण्डै ९४ हजार ५ सयलाई समुदायबाट पक्राउ गरेको छ । सन् २०१९ को यही अवधिमा आइसले १ लाख ४३ हजारलाई पक्राउ गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com