५ बर्षमा टाउको ठोकिंदा कोमामा पुगेका निलकण्ठ विश्वकै तीब्र मानव क्याल्कुलेटर


प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार

८६ करोड ९४ लाख ६३ हजार ८ सय ५३ लाई ७३ ले गुणा गर्दा कति हुन्छ ? तपाईलाई क्याल्कुलेटरले हिसाब गर्नपनि केहीबेर लाग्छ होला । तर २० बर्षका निलकण्ठले यसको जवाफ विना क्याल्कुलेटर २६ सेकेण्डमा दिए ।

गिनिज बुक जस्तै भारतमा रेकर्ड राख्ने लिम्का बुक अफ रेकर्डस्का अनुशार निलकण्ठ भानु प्रकाशको दिमागले सामान्य दिमागको तुलनामा १० गुणा छिटो हिसाब गर्नसक्छ । उनलाई भारतमा अहिले विश्वकै तीब्र गतिको मानव क्याल्कुलेटरका रुपमा चिनिन्छ ।

संरचित अभ्यासका कारण आफूले त्यती छिटो हिसाब गर्नसक्ने उनी बताउँछन् । उदाहरणका लागि ८ हजार ७ सय ६३ लाई ८ ले गुणा गर्नुपरेमा उनी सुरुमा ८ हजारलाई ८ ले गुणा गर्छन्, जुन ६४ हजार हुन्छ । त्यसपछि ७ सयलाई ८ ले गुणा गर्छन्, जुन ५६ सय हुन्छ । ६० लाई ८ ले गुणा गर्छन् जुन ४८० हुन्छ । अनि ३ लाई ८ ले गुणा गर्छन् जुन २४ हुन्छ । सबैलाई जोडेर उनले यसको हिसाब निकाल्छन् । तर यो सबै मष्तिष्कले सम्झन जरुरी हुन्छ ।

१० बर्षको उमेरमा निलकण्ठ भानु

उनले मष्तिस्कको अनुकुलमा हिसाब गर्ने बताउँछन् । मष्तिष्कलाई यसरी नै बानी लगाएको खण्डमा हिसाब गर्न सहज हुने उनको भनाई छ ।

गत अगस्त १५ मा उनले लण्डनमा भएको विश्व च्याम्पियनसिपमा गोल्ड मेडल जित्न सफल भएका थिए । उनी भारतको हैदराबादका बासिन्दा हुन् ।

सन् २००५ मा जब उनी ५ बर्षका थिए, त्यतीबेला उनी दाई नातापर्ने व्यक्तिको स्कुटरबाट चढेको बेला एउटा ट्रकले ठक्कर दियो । उनी भूईमा लडे । त्यतीबेला उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको टाउकोमा ८५ टाँका लगाइएको थियो भने कैयन अपरशेन गर्नुपरेको थियो । उनलाई कोमामा राखिएको थियो ।

झण्डै ७ दिनपछि उनी ब्यूतिएका थिए । उनलाई निको हुन लामो समय लागेको थियो । दुघर्टनाले उनको टाउकोमा अहिलेपनि ठूलो दाग छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com