नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४४ जना महिला र जना ७२५ पुरुष गरी १०६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ हजार १७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७६८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५५ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार ११२ संक्रिय संक्रमित छन् । आज नेपालमा १२ हजार १७८ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ७ हजार ३९० रहेका छन् । होम आइशोलेशनमा ७ हजार २८० रहेका छन् ।
काठमाडौं उपत्यकामा आज एकैदिन ४८१ जनामा कोरोना पुष्टि





