सुरक्षाकर्मीमा कोरोना देखिएपछि दोस्रो पटक आइसोलेशनमा प्रचण्ड


प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्ना सुरक्षाकर्मीममा देखिएको कोरोना संक्रमणका कारण दोस्रो पटक आइतबारदेखि आइसोलेशनमा बसेका छन् । प्रचण्डको निजी सुरक्षामा खटिएका थप ३ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि प्रचण्ड पनि थप स्वास्थ्य सुरक्षाका लागि आइसोलेशनमा बसेका हुन् । दुई हप्ता पहिले पनि प्रचण्डको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीमा कारोना पोजेटिभ देखिएपछि प्रचण्ड परिवारनै एकान्तवासमा बसेको थियो ।

आइतबारदेखि भने प्रचण्ड परिवार आफ्नै निवासमा आइसोलेशनमा बसेका छन् । प्रचण्ड परिवारका अन्य कोही पनि सदस्य तथा सहयोगीलाई कोरोना पोजेटिभ देखिएको छैन । पछिल्लो पटक पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षकाबीचमा सघन छलफल गरी ठोस प्रस्ताव बनाएर भदौ १८ गते सचिवालय बैकठ बस्ने तय भएको थियो । आइतबार पनि दुई अध्यक्षले वान अन वान छलफल गर्ने कार्यतालिका रहेको थियो । प्रचण्डले आइतबार विहान मात्र आफ्ना थप ३ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ रिपोर्ट आएको थाहा पाएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई तीन दिन आइसोलेशनमा बसेपछि मात्र दुई जनाबीच छलफल गर्नु उचित हुने बताएको खुमलटार श्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलको गत फागुनमा दोस्रो पटक मृगौला प्रत्यारोपण गराइएको थियो । कोरोना संक्रमणका लागि मृगौला र मुटु रोगसम्वन्धी विरामीहरु बढी जोखिममा रहने हुनाले मृगौलाका विरामी प्रधानमन्त्रीसंग केही दिनपछि मात्र छलफल गर्ने प्रचण्डले निर्णय गरेका हुन् । नेकपा सचिवालयको बैठक गत १३ गते बस्ने भनिएकोमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोरोनाबाट आशंकित रहेका कारण सचिवालयको बैठक १८ गतेसम्म सरेको थियो । पछि दुवै जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । थप केही मन्त्रीहरुमा पनि कोरोना पोजेटिभको आशंका भएकाले आइतबारको मन्त्रिपरिषद्को बैठकमा समेत चर्चा भएको थियो ।

नेकपा उच्च स्रोतका अनुसार सम्भवत १८ वा १९ गते दुई अध्यक्षबीच सघन छलफल भएपछि मात्र सचिवालयको बैठक र स्थायी समितिको बैठक हुने बताइएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय पार्टीमा उत्पन्न समस्या समाधान कार्यदलले गत ६ गते दुई अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन सार्वजनिक पनि भइसकेका कारण सत्तारुढ दलभित्रको विवाद समाधान भएको मानिएको छ । तर पछिल्लो समय कोरोना संक्रमण देशभर र राजधानीमा समेत तीव्र रुपमा बढेकाले स्वास्थ्य जोखिम भने झन बढ्न पुगेको छ । आइतबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यको ख्याल गरेर जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए । – नेपालपेज

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com