हलिउडका यी चर्चित जोडी जसमा उमेरको अन्तर ३९ बर्षसम्म


प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार

तपाईलाई कुनै जोडीको उमेरको अन्तर कति हुनुपर्छ जस्तो लाग्छ ? ३९ बर्षको अन्तर सामान्यतया असामान्य लाग्न सक्छ । तर हलिउडमा यो असामान्य होइन ।

कलाकार डेनिस क्वेडको उमेर ६६ बर्ष भयो । तर उनले यसैबर्षको जुनमहिनामा लोरा साभोयसँग विवाह गरे । लोराको उमेर २७ बर्षमात्र रहेको छ । अर्थात् यो जोडीको उमेरको अन्तर ३९ बर्ष छ ।

त्यस्तै कलाकार सारा पल्सन र होल्याण्ड टेलरले सन् २०१५ देखि डेटिङ सुरु गरेका थिए । सारा ४५ बर्षकी भइन् भने होल्याण्ड ७७ बर्षकी । यो जोडीबीचको उमेर अन्तर ३७ बर्ष रहेको छ ।

संगीतकार जे जी ५० बर्षका भइसके । उनकी जोडी वियोन्से ३८ बर्षकी भइन् । यो जोडीबीच पनि १२ बर्ष उमेरको अन्तर रहेको छ । उनीहरुबीच सन् २००८ मा विवाह भएको हो ।

चर्चित कलाकार लियोनार्दो डिक्याप्रीओ ४५ बर्षका भए । उनकी प्रेमिका मोडल कमिला मोरोनले हालै २३ औं जन्मदिन मनाइन् । अर्थात् यो जोडीको बीचमा पनि २२ बर्षको उमेर अन्तर रहेको छ ।

कलाकार क्याथरिन जिटा जोन्स र माइकल डग्लसबीच पनि २० बर्षको उमेरको अन्तर छ । डग्लस ७५ बर्षका भएभने क्याथरिन ५० बर्षकी भइन् । उनीहरु दुबैको जन्मदिन सेप्टेम्बर २५ मा हो ।

कलाकार प्रियंका चोपडा ३८ बर्षकी भइन् । तर उनका पति निक जोनस २७ बर्षका भए । उनीहरुबीच ११ बर्ष उमेरको अन्तर छ । उनीहरुबीच सन् २०१८ मा विवाह भएको हो ।

त्यस्तै कलाकार एडी मर्फी ५९ बर्षका भए । उनले ४१ बर्षकी कलाकार पेज बुचरसँग सघाई गरिसकेका छन् । उनीहरुबीच उमेरको अन्तर १८ बर्ष रहेको छ ।

त्यस्तै कलाकार जेफ गोल्डबम ६७ बर्षका भए । उनले डान्सर इमिली लिभिंगटनसँग विवाह गरेका छन् । उनी ३७ बर्षकी भइन् । उनीहरुबीच ३० बर्षको अन्तर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com