७ वटै प्रदेशमा पृत्तनापति राखिने र संख्यापनि बढ्छ : रक्षामन्त्री खाँण


प्रकाशित मिति : बैशाख १३, २०७४ बुधबार

रक्षामन्त्री बालकृष्ण खाँणले ७ वटै प्रदेशमा पृत्तनापति राखिने र प्रदेशको आवश्यकत्ता अनुसार पृत्तनापतिको संख्या थपिने स्पष्ट पारेका छन् ।

उनले भने,‘संघीय संरचना अनुसार नै ७ वटै संघीय प्रदेशमा सेनाको उपस्थिति हुन्छ, र त्यही अनुसार पृत्तनापतिको संख्या थप्ने तयारी भैरहेको छ, प्रदेशको मुख्यमन्त्री र अन्य माँग र आवश्यकत्ता अनुसार पृत्तनापतिको संख्या बढ्ने र त्यही अनुसार मन्त्रिपरिषदमा प्रस्ताव लगेर अनुमोदन गराउनको लागि सरकार जुटिरहेको छ ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खाँणले मुलुक संघीय संरचनामा गैसकेकोले नेपाली सेनालाई पनि संघीय संरचना अनुसार नै ७ वटै प्रदेमा उपस्थिति गराउने र पृत्तनापतिको संख्या पनि थप्नेबारे अहिले आन्तरिक छलफल भैरहेको बताएका हुन् । यद्धपी उनले संघीय प्रदेश अनुसार सेनाको संरचना बनेपनि सेन्ट्रल कमाण्ड अनुसार नै सेना रहने जानकारी दिए । उनले भने,‘रक्षा मन्त्रालय र जंग्गी अड्डाको कमाण्डमा रहेर प्रदेशको सुरक्षाको जिम्मेवारी सेनाले गर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साक्षात्कारमा मन्त्री खाँणले सरकारले प्रतिरक्षा नीति बनाउनुपर्छ भनेर राष्ट्रिय सुरक्षा परिषदमा कुरा उठेकोले यसबारेमा सरकार र सुरक्षा परिषदवीच सैद्धान्तिक छलफल सुरु भएको समेत जानकारी दिए । प्रतिरक्षा नीतिको लागि विज्ञसहितको एउटा समिति वा आयोग बनाउने तयारी रहेको उनको भनाई थियो ।

उनले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्नको लागि विगतकालदेखि नै संयुक्त सैन्य अभ्यास हुँदै आएको उल्लेख गर्दै हालै नेपाल–चीनबीचको सैन्य अभ्यास विपद् व्यवस्थापनमा केन्द्रित रहेर सम्पन्न भएको स्पष्ट पारे । उनले भने,‘नेपाल प्राकृतिक उच्च जोखिममा रहेको छ, त्यसैले विपद व्यवस्थापन र आतंकवादको सामाना कसरी गर्ने भन्नेमा केन्द्रित छ ।’

उनले चीनसँगको संयुक्त सैन्य अभ्यासमा आफूहरुले संख्या नघटाएको समेत स्पष्ट पारे । मन्त्री खाँणले नेपाली सेनाले संयुक्त अभ्यास गर्ने कुरा नियमित प्रक्रिया रहेको समेत जनाए । चीनसँगपनि निर्धारित समयमै अभ्यास भएको उनको भनाई थियो । नेपाली सेनाले भारत, संयुक्त राज्य अमेरिका लगायत अन्य राष्ट्रका सेनाहरुसँग पनि संयुक्त सैन्य अभ्यसास गरिरहेको उनले स्पष्ट पारे ।

उनले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली सेना ब्याक लाईनमा खटिने बताए । उनले भने,‘नेपाली सेना नेपाल र नेपालीहरुको लागि अभिन्न अंग हो, सेनाले राष्ट्रिय अखण्डताको सम्र्वद्धन, राष्ट्रियताको रक्षा र सार्वभौमसत्ताको जर्गेनाको लागि अतुलनीय योगदान पुर्याएको छ, त्यस्तै अहिले संविधान कार्यान्वयनको लागि पनि सेना गम्भिर छ ।’

जनताको हित र देशको सुरक्षाप्रति सेनाप्रति ठूलो विश्वास रहेकोले विगतमा भएको संविधानसभाको चुनावमा जस्तै यसपटकको स्थानीय तहको निर्वाचनमा फ्रन्ट लाईनमा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र ब्याक लाईनमा नेपाली सेना रहनेबारे सैद्धान्तिक सहमति भैसकेको उनले जनाए ।

निर्वाचन दुई चरणमा हुने भएकोले अहिले सुरक्षाको थ्रेटपनि अलि कम भएको उल्लेख गर्दै मन्त्री खाँणले भने,‘यदि आवश्यक परेन भने सेनाले निर्वाचनको ब्यारेकबाट नै अवलोकन गर्नपनि सक्छ, अहिले यसमारेमा ठोस निर्णय भैसकेको छैन् ।’

त्यस्तै उनले संसदमा पेश भएको परिमार्जनसहितको नयाँ संशोधन विद्येयक राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनको लागि नै ल्याईएकोले दुई तिहाईले पारित हुने विश्वास व्यक्त गरे । उनले भने,‘अहिले संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव सबैको सहमतिमा ल्याईएको हो, त्यसैले यसलाई पारित गर्नुपर्छ ।’ उनले संशोधन प्रस्ताव राष्ट्रघाती छ भनेर एमालेले गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै भने,‘एमालेको टिप्पणी अतिरञ्जित छ, यो गैर–जिम्मेवारपूर्ण अभिव्यक्ति हो, यस्तो अभिव्यक्ति जिम्मेवार नेताहरुले दिनुहुँदैन् ।’

मन्त्री खाँणले स्थानीय तहको निर्वाचन भएपछि जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दाबी गरे । उनले भने,‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि हाम्रो पार्टीका सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धन तीन वटै तहको निर्वाचन अर्थात केन्द्रिय संसदको निर्वाचनसम्म कायम रहने विश्वास दिलाए । उनले थपे,‘म त चाहन्छु यो गठबन्धन लामो समयसम्म जाओस्, किनकी नेपालमा द्धन्द्ध व्यवस्थापन गर्न काँग्रेस र माओवादीले भूमिका निर्वाह गरेको हो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com