नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा मतदानका लागि योग्य नेपाली अमेरिकन झण्डै ५० हजार


प्रकाशित मिति : भाद्र ६, २०७७ शनिबार

अमेरिकामा राष्ट्रपति चुनाव आउन झण्डै साढे २ महिना बाँकी रहेको छ । यो चुनावमा मतदान गर्ने अधिकारप्राप्त नेपाली अमेरिकनहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

यसपटकको चुनावमा झण्डै ५० हजार नेपाली अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् । त्यो बाहेक नेपाली अमेरिकन बाबुआमाबाट अमेरिकामा जन्मिएर मतदानका लागि योग्य भएकाहरुको संख्या पनि बढ्दो छ ।

अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या झण्डै ५० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए । सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।

त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । सन् २०१८ मा अमेरिकाभर ५२५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् । सन् २०१९ र त्यसपछि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७ हजारको हाराहारीमा रहेको छ ।

सन् २०२४ मा हुने चुनावसम्म यो संख्या तीनगुणा बढ्ने अनुमान गरिएको छ । किनभने हाल अमेरिकामा रहेका झण्डै एकलाख ग्रिनकार्डवाहक नेपालीहरु त्यतीबेलासम्म अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुनसक्नेछन् ।

कुन बर्ष कतिले पाए ग्रिनकार्ड ?

सन् १९८९ देखि सन् २०१५ सम्म ९६८६४ जना नेपालीहरुले अमेरिकी ग्रिनकार्ड पाए । सन् २०१६ मा १२८५१ र सन् २०१७ मा ११ हजार ६ सय १० जना नेपालीले अमेरिकाका ग्रिनकार्ड पाए ।

सन् २०१८ मा ११ हजार ९ सय ५३ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाए । भने सन् २०१९ मा पनि अमेरिकी ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ११ हजार बढी छ ।

सन् २०२० को अहिलेसम्म ग्रिनकार्ड पाएका नेपालीहरुको संख्या जोड्दा अहिलेसम्म झण्डै डेढलाख नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाइसकेका छन् । अमेरिकी नागरिकता पाउने अधिकांश भने तीनै ग्रिनकार्ड पाउनेहरुमध्येकै हुन् ।

 

फोटो श्रोत :  रेडबबल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com