वास्तविक जीवनको कथावस्तुमा आधारित नेपाली चलचित्र तुईनको ट्रेलर सार्वजनिक भएको छ l तेह्र वर्षको उमेरमा तरकारी बेच्न जाँदा तुइन चुँडिएर त्रिशूली नदीमा खसेका सुरजले अहिले तुइनसँग जोडिएको जनताको जीवनमा अाधारित फिल्म खेल्न पाएका हुन्।
विशेषगरी धादिङ तथा गोरखा जिल्लाका जनताले अहिले पनि सहनु परेको सास्तीको कथालाई सहज ढंगले चित्रण गरिएको छ l मोहन गेललाले लेखेको कथामा उत्सव थपलियाले निर्देशन गरेका छन्। चलचित्रमा पृषा श्रेष्ठ, परिक्षित विक्रम राणा, विशाल डोटेल, नेहा पोख्रेल ,श्याम खड्का र चिराग थपलिया लगायतले अभिनय गरेका छन्।
तुइन चुँडिएर बाँच्न सफल सुरेश थापालाई प्रमुख पात्र बनाएर चलचित्र बनाइएको छ। चलचित्रलाई सिर्जना उप्रेतीले निर्माण गरेकी हुन्। चलचित्रको परिकल्पनाकार अञ्जना बस्नेत तथा सिर्जना उप्रेतीको हो। आङछेन लामाले खिचेको चलचित्रमा संगीत सुरेश अधिकारीको छ। चलचित्र कहिले आउने मिति तय भइसकेको छैन।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
निर्मात्री उप्रेतीले आफ्नो चलचित्रमा आफ्ना पिताको ठुलो भूमिका रहेकोमा पिता राम प्रसाद उप्रेतीलाई कृतज्ञता ज्ञापन दिन चाहेको बताईन l
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।