कोभिड-१९ विश्व अपडेट : पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड १८ लाख १७ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख ७२ हजार ७ सय ५१ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ४५ लाख ५३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २५ जनाको मृत्यु भएको छ भने २ लाख १२ हजार नयाँ संक्रमित थपिएका छन् । यो सोमबार बिहान ९ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -५२२
ब्राजिल -५८२
रसिया -६८
इटली -४
भारत -९६१
इरान -१४७
बेलायत -५
चिली -५७
पाकिस्तान- ६
साउदी अरेबिया -३९
मेक्सिको -६३५
पेरु -२०६
टर्की -१९
फ्रान्स -१
बंगलादेश -३२
क्यानडा- २
कतार- १
बेल्जियम -११
कुबेत- ३
अर्जेन्टिना -६६
दक्षिण अफ्रिका- १६२
कोलम्बिया -२८७
फिलिपिन्स -६५
इजिप्ट -१९
इक्वेडर -५
इन्डोनेसिया -७९
रोमानिया -३७
बेलारुस -३
युएई -३
इराक -७५
डेमोसियन रिपब्लिक -१५
युक्रेन -२६
ओमान -१०
पानामा -२१
नेदरल्याण्ड- ३
इजरायल- ११
जापान -३
अर्मेनिया -१
किर्गिस्तान -२
अफगानिस्तान -५
अल्जेरिया -१०

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com