बहादुर पति जसले आफ्नी पत्नीलाई शार्कको मुखबाट यसरी जीवितै निकाले


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

अष्ट्रेलियामा एकजना व्यक्ति आफ्नी पत्नीलाई मृत्युको मुखबाट निकालेपछि अहिले चर्चामा आएका छन् । उनले खतरनाक शार्कसँग भीडेर आफ्नी श्रीमतिलाई मृत्युको मुखबाट निकालेका थिए ।

जब उनकी श्रीमतिलाई शार्कले आक्रमण गरेको थियो, तब ती व्यक्ति सर्फबोर्डबाट हाम्फालेर शार्कमाथि जाइलागे । उनले त्यतीन्जेलसम्म शार्कलाई मुक्का हाने, जबसम्म उनकी पत्नीलाई शार्कले छाडेन । लगातारको आक्रमणपछि उनले शार्कको मुखबाट आफ्नी पत्नीलाई निकाले ।

शनिबार ३५ बर्षकी महिला शानटेल डोयल न्यू साउथ वेल्सको शेलीबीचमा आफ्ना पति मार्क रेप्लेका साथ जलशयर गरिरहेकी थिइन् । त्यती नै बेला उनलाई शार्कले हमला गरेको थियो । उनका पतिले शार्कलाई लगातार मुक्का हानेपछि शार्कले बल्लतल्ल छाडेको थियो । त्यसपछि उनलाई किनारामा लगिएको थियो ।

तत्काल उनलाई एयर एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो । उनका दाहिने गोडामा गम्भिर चोटपटक लागेको जनाईको छ । वास्तवमा उनलाई शार्कको बच्चाले आक्रमण गरेका कारण बचाउन सम्भव भएको थियो । उक्त शार्कको लम्बाई १० फिट रहेको विश्वास गरिएको छ ।

शार्कको आक्रमणबाट बचाएर किनारामा लगिएपछि त्यहाँ रहेका व्यक्तिले ती महिलाको प्राथमिक उपचार गरेका थिए । न्यु क्यासल अस्पतालमा लगेपछि ती महिलाको सर्जरी गरिएको थियो । अहिले उनको हालत स्थीर भएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com