स्तनधारी, चरा र सरीसृपहरुको आँशु मान्छेकै जस्तो


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

चरा र सरीसृपहरुका अन्य कैयन गुणहरु मान्छेसँग नमिल्न सक्छन् तर उनीहरुको आँशु र मान्छेको आँशुको वनावट एउटै भएको शोधकर्ताहरुले पत्ता लगाएका छन् । अर्थात् मान्छेले जस्तो आँशु झार्छ, चरा र सरीसृपहरुले पनि त्यस्तै आँशु झार्छ ।

मान्छेको आँशुमा कुन कुन तत्व कति कतिमात्रामा हुन्छ भन्ने कुरा त वैज्ञानिकहरुका लागि नौलो भएन । तर ब्राजिलका शोधकर्ताहरुले मान्छेको आँशु र चरा तथा सरीसृपको आँशुमा हुने इलेक्ट्रोलाइट तरल पदार्थको मात्रा एउटै हुने पत्ता लगाएका छन् ।

शोधकर्ताहरुले मकाउ, चील, उल्लु, सुगा लगायत, कछुवा लगायत चरा र सरीसृपका आँशु संकलन गरेका थिए । त्यस्तै कुकुर, घोंडा लगायतका स्तनधारीहरुको पनि आँशु मान्छेको आँशुसँग मिल्ने शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

चरा र सरीसृपहरुको आँशु उत्पादनको संरचना भने फरक रहेको जनाइएको छ । आँशुको मिश्रण एउटै भएपनि क्रिस्टलको बनावट भने फरकफरक हुने गरेको पाइएको छ । शोधकर्ताहरुले आँशु र प्रकृतिको सम्बन्ध लगायतका अन्य कैयन विषयमा पनि रोचक निष्कर्षहरु निकालेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com