मेक्सिको र क्यानडासँगको अमेरिकी सिमामा आवतजावत सेप्टेम्बर २१ सम्म बन्द


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

मेक्सिको र क्यानडासँगको अमेरिकी सिमामा आवतजातव सेप्टेम्बर २१ सम्म नै बन्द हुने भएको छ । अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि अब सेप्टेम्बर २१ सम्म आवतजावत गर्न नपाइने भएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरी चाड उल्फले यसको पुष्टी गर्दै अत्यावश्यकबाहेकका अन्य यात्राका लागि रोक थप्न सहमत भएको जनाएका हुन् । मेक्सिकोको विदेश मन्त्रालयले पनि ट्वीटमार्फत यसको पुष्टी गरेको छ ।

सुरुमा मेक्सिको र क्यानडाको सिमाक्षेत्रमा अत्यावश्यकबाहेकका अन्य आवतजावत रोक लगाउने निर्णय गत मार्चमा गरिएको थियो । त्यसपछि उक्त रोकको अवधि बढाउँदै आइएको छ ।

अत्यावश्यक भन्नाले मेडिकल उद्देश्यको यात्रा, विद्यालयमा पढाईका लागि उपस्थीति, सामान ओसार्ने ट्रक ड्राइभर लगायत पर्छन् । उनीहरुबाहेक पर्यटन लगायतका प्रयोजनका लागि आवतजावतमा रोक लगाइएको छ । तर नागरिकलाई आफ्नो देश फर्कन भने रोक लगाइएको छैन ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com