डिसीमा जनैपूर्णिमा


प्रकाशित मिति : भाद्र ५, २०७३ आईतबार

– विजय थापा 
 
धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७३ सालको जनैपूर्णिमा बिशेष भब्यताको साथ सम्पन्न गर्न सफल भएको छ l आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य संघ तथा संस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्णिमा मा अन्य सघ तथा संस्थाका स्वयम् सेवकहरु खटेका थिए l 
 
डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि गत अगस्त १८  तारिख बिहिबार जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम बिहान देखि सांझ सम्म चलेको थियो l बिहान ७ बजे देखि साँझ ७ बजे सम्म समय राखिएता पनि नेपाली समुदायको आग्रहमा बिहान ७ बजे देखि ९ बजे सम्म जनै पुर्णिमा चलेको थियो l
 
बिहिबार कामको समय परेकोले उपस्थिति कम आउने अनुमान गरिएता पनि झन्डै  १ हजार ४ सय को हाराहारी मा  श्रद्धालु भक्तजनहरु आएका थिए l क्वाटी ,पुलाउ ,अचार ,हलुवा ,तर्बुजा आदि खुवाईएको जानकारी समाजका उपाधक्ष्य दधिराम ढुंगानाले दिए l
 
संस्थाका सभापति अरुण रुपाखेतीले जनै तथा रक्षाबन्धन संस्थाले ७ औ पटक मनाएको भन्दै चाड पर्वमा नेपाली समुदायको बाक्लो उपस्थितिले आफु अझ उत्साहित भएको बताए l   
 
डिसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनाल तथा अन्य पण्डितहरु द्वारा आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धन पूजन ,शान्ति यज्ञ तथा अन्य पूजा अर्चना गरेका थिए l यस पालीको कार्यक्रम भजन कृतन गरि कार्यक्रम सम्पन्न गरिएको थियो l

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com