कोभिड-१९ विश्व अपडेट : २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?
प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार
विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड ७ लाख ८६ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख ५१ हजार ५ सय ५० जनाको मृत्यु भैसकेको छ ।
वर्ल्डोमिटरका अनुसार १ करोड ३६ लाख ८२ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।
पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ भने २ लाख ७४ हजार नयाँ संक्रमित थपिएका छन् । यो बिहिबार साढे ६ बजेसम्मको अपडेट हो ।
बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -१३७६
ब्राजिल -११६४
रसिया -१२९
इटली -१०
भारत -९५०
इरान -१८८
बेलायत -७७
चिली -२७
पाकिस्तान -१७
साउदी अरेबिया -३६
मेक्सिको -९२६
टर्की -१८
जर्मनी -८
फ्रान्स -१७
बंगलादेश -४२
कुबेत -३
बेलारुस -३
क्यानडा -१५
कतार -२
युक्रेन -१९
स्विडेन -५
दक्षिण अफ्रिका -२५९
कोलम्बिया -३६२
फिलिपिन्स -९३
इजिप्ट -२६
इक्वेडर -३३
इन्डोनेसिया -७९
रोमानिया -४३
अर्जेन्टिना -२०९
इराक -५७
डेमोसियन रिपब्लिक -२५
ओमान -६
नेदरल्याण्ड -२
इजरायल -१७
पोर्चुगल -३
अर्मेनिया -३
किर्गिस्तान -६
अफगानिस्तान -१०
अल्जेरिया -११
स्विजरल्याण्ड- १
होन्डुरस -९
बहराइन -१
घाना -८
जापान -७
बोलिभिया -४९
उव्जेकिस्तान -६
मोरक्को -२३
सर्बिया -६
माल्दोभ- ६
केन्या -१८
नेपाल -८
आयरल्याण्ड -१
इथियोपिया -२३
अजरबैजान -२
ग्वाटेमाला -३४
पोल्याण्ड- ९
प्यालेस्टाइन- १
कोस्टा रिका -८
अस्ट्रेलिया -२१
एल साल्भाडोर- ७
क्यामरुन -३
मडागास्कर -४
बुल्गेरिया -११
बोस्निया -६
नर्थ मेसोडोनिया-१
सेनेगल -४
जाम्बिया -५
फ्रेच्न गुयना- १
हाईटी -४
लेबनान- २
अल्वानिया- ३
ग्रिस -२
माल्दिभ्स -१
जिम्बाबे -१८
हङकङ -५
मोजाम्बिक्यू -३
नामिबिया- २
रुवान्डा -१
यमन- ५
गाम्बिया -१
लाईबेरिया- १
भियतनाम -१
एन्डोरा -१
(एजेन्सीहरुको सहयोगमा)
