अमेरिकाको विद्यार्थी भिसा अस्वीकृत हुनुका ४० कारणहरु


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

धेरैले अमेरिकाको विद्यार्थी भिसा अस्वीकृत भएको गुनासो गर्छन् । तर अस्वीकृत हुनुको कारणबारे खास ध्यान दिंदैनन् । चर्चित कानुन व्यवसायी केनेथ ह्वाइटले अमेरिकाको विद्यार्थी भिसा अस्वीकृत हुनुका ४० कारणहरु केलाएका छन् ।

१, गरिब देशको नागरिक
२, आफ्नो देशसँगको कमजोर व्यक्तिगत सम्बन्ध
३, अन्तरवार्तामा समस्या
४, अप्रयाप्त वित्तिय कागजात
५, विगतमा पर्यटक भिसा अस्वीकार
६, अमेरिका गएको बेलामा स्टाटस परिवर्तनको प्रयास
७, ऐनको २२१ जी अनुशार भिसा अस्वीकृत हुने प्राविधिक पृष्ठभूमि
८, आवेदन प्रकृयामा नोटरीको प्रयोग वा नराम्रो भिसा कन्सल्टेन्ट

९, कागजातमा छुटफुट
१०, अमेरिकामा नजिकका नातेदार
११, आप्रवासी भिसाको आवेदन पेन्डिङ
१२, अमेरिकामा शिक्षाका लागि तिर्ने रकमको शंकास्पद श्रोत
१३, अध्ययन गर्ने पाठ्यक्रम योजनाबद्ध र शंकास्पद
१४, सानो र अज्ञात कम्युनिटी कलेजमा भर्ना
१५, डीएस १६० आवेदन भर्दा गल्ती
१६, कमजोर डीएस १६०
१७, कमजोर शैक्षिक प्रर्दशन

१८, विगतमा अमेरिकामा प्रयाप्त समय विताएको अवस्था
१९, पहिले अमेरिकामा गैरकानुनी रुपमा काम गरेको अवस्था
२०, विगतमा पक्राउ परेको अवस्था
२१, विगतमा समर वर्क र यात्रा कार्यक्रममा सहभागी
२२, स्वदेशमा अस्थीर राजनीतिक अवस्था
२३, भर्ना प्रकृयामा गल्ती

२४, विभिन्न अपराधमा दोषी लगायतका कारणबाट अमेरिका जानमा रोक
२५, मुख्य आर्थिक स्पोन्सर गर्ने व्यक्ति अमेरिकामा
२६, आश्रीतहरु भएको मुख्य व्यक्ति नै अमेरिका जान खोज्नु
२७, मुख्य भिसा आवेदकका आश्रीतबाट अलग्गै आवेदन
२८, सामाजिक सञ्जालमा रेड फ्लाग
२९, डीएस १६० मा सुचिकृत अमेरिकामा रहेको व्यक्ति शंकास्पद
३०, आवेदकको पृष्ठभूमि, अनुभव वा विवरणमा भिन्नता
३१, स्वदेशभन्दा बाहिरबाट भिसा आवेदन

३२, सधै पढिरहन चाहने अनन्त विद्यार्थी
३३, कानुन वा तथ्यमा कन्सुलरको बुझाईमा समस्या
३४, स्वदेशमा कुनै प्रयोगमा नआउने विषय वा पाठ्यक्रम
३५, विगतमा भिसाको नियम उल्लंघन
३६, गैरकानुनी व्यवहारमा संलग्न

३७, अमेरिका र आफ्नो देशबीचको तनावपूर्ण सम्बन्ध
३८, भर्ना गर्ने कलेजका अधिकारीको प्राविधिक त्रुटी
३९, समयमा नै भिसा आवेदन दिनमा कमजोरी
४०, दिशाहीन र पुराना विद्यार्थीहरु

यस्ता कारणले भिसा अस्वीकृत हुन सक्ने भएकाले कानुन व्यवसायी केनेथ ह्वाइटले सजगता अपनाउन भिसा आवेदकहरुलाई सुझाव दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com