बर्नलीलाई २–० ले हराउदै म्यानचेस्टर युनाइटेड विजयी


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २–० ले हराएको हो । युनाइटेडको जितमा एन्थोनी मार्सल र वायन रुनीले गोल गरे । युनाइटेडले दुवै गोल पहिलो हाफमा नै गरेको हो । २१ औं मिनेटमा मार्सलले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ३९ औं मिनेटमा रुनीले गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र युनाइटेड विजयी भयो । जाल्टन इब्राहिमोविच बिना खेलेको पा“चौं स्थानको युनाइटेडको जितपछि ३२ खेलबाट ६३ अंक भएको छ । युनाइटेड चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले मात्रै पछि छ । राति नै भएको अर्को खेलमा लिभरपुल क्रिष्टल प्यालेससंग पराजित भयो । क्रिष्टल प्यालेसले लिभरपुललाई उसकै मैदानमा २–१ ले हराएको हो । प्यालेसको जितमा दुवै गोल क्रिष्टियन बेनटेकले गरे । २४ औं मिनेटमा फिलिप कोन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसपछि प्यालेसले गोल र्गयो । ४२ र ७४ औं मिनेटमा बेनटेकले गोल गर्दै प्यालेसलाई जित दिलाए । हारपछि तेस्रो स्थानको लिभरपुलको ३४ खेलबाट ६६ अंक भएको छ । लिभरपुल दुई खेल कम खेलेका चौथो र पा“चौं स्थानका म्यानचेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड भन्दा दुई र तीन अंकले अघि छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com