आगलागीबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

बाँकेमा आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार बाँकेको डुडवा गाउपालिकास्थित कुडवामा आइतबार राति १२ बजे सुरु भएको आगलागीमा मुन्सीराम मुराउका तीन छोराछोरीको मृत्यु भएको हो ।
मुन्सीरामका १० वर्षे छोरी सोनी, ८ वर्षीया राधा मुराउ र ६ वर्षीय पवन मुराउको जलेर घटनास्थलमै मृत्यु भएको जनाईएको हो ।

आगलागीमा स्थानीयका ६ वटा घर र दुइटा गोठ जलेर खरानी भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com