अमेरिकी नागरिक र ग्रिनकार्डवाहकलाई अमेरिका आउनबाट रोक्ने नियमको तयारीमा ट्रम्प


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

कोरोनाको महामारी नियन्त्रणका लागि अमेरिकी नागरिक र ग्रिनकार्डवाहकलाई पनि अमेरिकामा आउनबाट अस्थायी रुपमा रोक्ने नियम ल्याउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तयारी गरेका छन् । अमेरिकी मिडियाहरुका अनुशार प्रस्ताव लागु भएमा कोरोनाको संक्रमण भएका वा संक्रमितसँगको संसर्गमा आएकाहरुलाई समेत प्रभाव पार्नेछ ।

अहिलेसम्म अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकलाई अमेरिका प्रवेशका लागि कहिलेपनि रोक लगाइएको छैन । बेलाबेलामा लगाइएका प्रतिबन्धहरुमा अमेरिकी नागरिक र ग्रिनकार्डवाहकलाई छुट दिइदै आएको छ ।

प्रस्तावको ड्राफ्टबारे पहिलोपटक न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो । प्रस्तावित नियम कार्यान्वयन भएमा मेक्सिको र क्यानडाको सिमानासहित विमानस्थलहरु लगायतका सबै प्रवेश नाकाबाटहरु आउनमा प्रतिबन्ध लाग्नेछ ।

ट्रम्पले अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका सन्दर्भमा जारी गर्ने कुनै पनि नियम वा आदेशले संवैधानिक अधिकारको उल्लंघन गर्न छुट छैन । असामान्य अवस्थामा अस्थायी रुपमा यस्तो रोक लगाउन सकिने भएकाले ट्रम्पले सोही अधिकारको प्रयोग गर्नसक्ने अनुमान गरिएको छ ।

अमेरिकन सीडीसीलाई यदि कोही व्यक्ति केही रोगहरुसहित अमेरिकाभित्र वा अमेरिकाबाट बाहिरबाट अमेरिकामा यात्रा गरिरहेको छ भने रोक्न र जाँचगर्न पाउने अधिकार रहेको छ । तर अमेरिकी नागरिकलाई वा ग्रिनकार्डवाहकलाई अमेरिका आउनबाट रोक्ने कानुनी अधिकार सरकारलाई भए नभएकोबारे स्पष्ट छैन । अधिकारकर्मीहरुले अमेरिकी नागरिकलाई अमेरिका आउनबाट रोक्नु असंवैधानिक हुने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com