नेकपा महासचिव पौडेलका पीएसओलाई कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीएसओ) लाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि शुक्रबार संकलन गरिएको स्वाबको रिपोर्टमा पौडेलका पीएसओमा संक्रमण देखिएको हो ।

पौडेलसहित अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना गरिएको छ । पीसएओलाई कोरोना संक्रमण देखिएपछि हाल महासचिव पौडेल आइसोलेसनमा बसेका छन्। पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com