साप्ताहिक ४ सय अघिल्लो हप्ताका लागि पनि दिइने, के छ आदेशमा थप ?


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम गुमाएकाहरुलाई साप्ताहिक ४ सय डलर प्रदान गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । डेमोक्र्याट्सहरुबीच सहमति हुन नसकेपछि ट्रम्पले कार्यकारी आदेशमार्फत काम गुमाएकाहरुलाई साप्ताहिक ४ सय दिने व्यवस्था गरेका हुन् ।

साप्ताहिक ६ सयको अवधि जुलाई २५ को सातामा नै समाप्त भएपछि अघिल्लो हप्ता अतिरिक्त रकम प्राप्त भएको थिएन । तर कार्यकारी आदेश अनुशार अगस्त १ मा समाप्त भएको साताका लागि समेत साप्ताहिक ४ सय उपलब्ध हुने भएको छ ।

साप्ताहिक ४ सयमध्ये ३ सय डलर संघीय सरकारले बेहोर्नेछ भने बाँकी एकसय राज्य सरकारले बेहोर्नेछ । बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त यो साप्ताहिक ४ सय डलर विगतकै ६ सय जस्तो गरी प्राप्त हुनेछ । तर कम्तीमा एकसय डलरसम्म बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुलेमात्र यो रकम प्राप्त गर्ने जनाइएको छ ।

अतिरिक्त साप्ताहिक ४ सय डलर सरकारी कोषमा रहेको २५ बिलियन डलर समाप्त नहुँदासम्म वा आगामी डिसेम्बर ६ मध्ये जुन छिटो हुन्छ त्यतीन्जेलसम्म प्रदान गरिने कार्यकारी आदेशमा जनाइएको छ । काम गुमाएकाहरु वा पार्टटाइम कामदारहरुले समेत यो रकम प्राप्त गर्नसक्ने जनाइएको छ ।

आदेशको पूर्ण पाठ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com