रानीबारी वनमा चरा अध्ययन केन्द्र


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

राजधानीको केन्द्र भागमा अवस्थित रानीबारी सामुदायिक वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवनको उद्घाटन भएको छ ।

नेपाल पक्षी संरक्षण सङ्घको स्थापना दिवसका अवसरमा रानीबारी वनमा आज आयोजित कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष हरिशरण काजी नेपालीले सो भवनको उद्घाटन गर्नुभएको हो ।

उक्त वनलाई रानीबारी सामुदायिक वन उपभोक्ता समिति र सङ्घको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र बनाउने सम्झौताअन्तर्गत सो भवन निर्माण गरिएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष नेपालीले जैविक विविधताले भरिपूर्ण रानीबारी वन काठमाडौँ सहरको बीचमा प्राकृतिक हरियाली भएकाले यसको छुट्टै महत्व छ भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परम्परादेखि नै राजाहरुको दिवाली पूजा हुने वनका रुपमा रहेको रानीबारी विसं २०५७ पछि सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हँुदै आएको छ । रानीबारी वन काठमाडौँ सहरका बीचमा ६।९५ क्षेत्रफल हेक्टरमा अवस्थित प्राकृतिक वन हो । रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको तथ्याङ्क छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष युवराज बस्नेतले सिकाइ केन्द्र स्थानीय समुदाय, विद्यार्थी तथा सम्बन्धित विषयका शोधार्थीका लागि उपयोगी हुने बताउँदै जैविक विविधताबारे जनचेतना प्रवद्र्धन तथा स्थलगत पहिचान गराउने कार्यक्रम अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सङ्घ सन् १९८२ देखि चराको खोज अनुसन्धान तथा जैविक विधिता संरक्षणमा क्रियाशील संस्था हो ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करनबहादुर शाह, रानीबारी वनका अध्यक्ष सन्तोषविक्रम शाह, सङ्घका निर्देशक इशाना थापालगायतले पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापनाले सो वनको जैविक विविधता संरक्षणमा टेवा पुगी सहरी वातारण स्वच्छ र हरियाली हुने धारणा व्यक्त गर्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com