लमजुङका २० वर्षिय अर्बिनको अमेरिकामा पौडी खेल्दा डुबेर निधन


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

अमेरिकाको उत्तरी राज्य मिनिसोटाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीको नदीमा डुबेर निधन भएको छ ।

स्थानीय साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापाको शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर निधन भएको हो ।

मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाका अनुसार डेढ वर्ष अघि उच्च शिक्षाका लागि उनी अमेरिका आएका थिए । उनी हस्पिटालिटी मेनेजमेन्ट अध्ययन गर्न सन् २०१५ अगष्टमा अमेरिका आएका थिए ।

लमजुङको सुन्दरबजार–३ भोटेओढार घर भएका २० वर्षिय थापाको शवलाई अहिले पोस्टमार्टका लागि स्थानीय अस्पतालमा राखिएको छ । शनिबारदेखि नदीमा डुबेर हराइरहेका उनको शव आइतबार बिहान भेटिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com