अमेरिकाले हटायो आफ्ना नागरिकलाई विदेशयात्रा नगर्न दिएको सुझाव


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई यात्रा नगर्नका लागि दिएको ट्राभल एड्भाइजरी हटाएको छ । झण्डै साढे ४ महिनापछि विहिबार अमेरिकी सरकारले यात्रा नगर्नका लागि दिएको सुझाव हटाएको हो ।

गत मार्च १९ मा अमेरिकी सरकारले चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई यात्रा नगर्न सुझाव दिएको थियो । अब अमेरिकी सरकारी विश्वब्यापी चेतावनी हटाएर देशहरु सम्बन्धित यात्रा सुझावहरुमात्र दिएको छ ।

अमेरिकी नागरिकले हरेक देशको अवस्था हेरेर यात्राको योजना बनाउन सक्नेछन् । हरेक देशका सन्दर्भमा अमेरिकाले पहिलोदेखि चौथो स्तरसम्मको ट्राभल एड्भाइजरी जारी गरेको छ ।

तर अमेरिकनहरुलाई कतिपय देशले आफ्ना देशहरुमा आउन रोक लगाएकाले यात्राको योजना बनाउनु अगाडि ती देशहरुमा जान अनुमति भए नभएको हेर्नुपर्नेछ । अमेरिकनहरुलाई अहिले युरोपियन युनियन अन्तरगतका देशमा यात्रा गर्न रोक लगाइएको छ । बेलायतमा १४ दिनको क्वारेन्टीनमा बस्नुपर्ने नियम छ ।

मेक्सिको र क्यानडामा पनि अत्यावश्यक बाहेकका अन्य काममा जानमा अगस्तको अन्त्यसम्म नै रोक लगाइएको छ । जुन १० सम्म अमेरिकाले विश्वका १३६ देशबाट ११४० उद्दार उडानमार्फत १ लाख १ हजार ३ सय ८६ जना आफ्ना नागरिकलाई अमेरिका ल्याइसकेको छ ।

 

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com