फ्याक्ट चेक : टाइम्स स्क्वायरको बिलबोर्डमा रामको तस्वीर राखिएको सत्य हो ?


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

अगस्त ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा रामको मन्दिर निर्माणका लागि भूमिपूजा गरेका थिए । लगत्तै न्युयोर्कको टाइम्स स्क्वायरका बिलबोर्डहरुमा रामको तस्वीर देखाइएका फोटोहरु भाइरल बने ।

एउटा भाइरल तस्वीरमा टाइम्स स्क्वायरका आधादर्जन बढी बिलबोर्डहरुमा रामको तस्वीर लगाइएको देखाइएको छ । अर्को तस्वीर र भिडियोमा टाइम्स स्क्वायरको नास्डाकको स्क्रीनमा राममन्दिर र रामको तस्वीर देखाइएको छ । यी तस्वीर र भिडियोको वास्तविकताबारे प्रश्नचिन्ह समेत खडा भएको छ ।

फोटोशप गरेर बनाइएको तस्वीर

न्युयोर्कको टाइम्स स्क्वायरमा नास्डाकको १७ हजार स्क्वायर फुटको स्क्रीनमा राम र राममन्दिरको तस्वीर देखाइएको सत्य हो । तर टाइम्स स्क्वायरका कम्तीमा आधादर्जन बिलबोर्डहरुमा रामको तस्वीर लगाइएको देखाइएको तस्वीर भने गलत हो ।

टाइम्स स्क्वायरमा देखाइएको वास्तविक तस्वीर

शनिबार न्युयोर्कको टाइम्स स्क्वायरमा रहेको बिलबोर्ड नास्डाकको बिलबोर्ड भाडामा लिएर देखाइएको वास्तविक भिडियो यस्तो छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१६ मा खिचिएको टाइम्सस्वायरको एउटा तस्वीरलाई फोटोशप गरेर कम्तीमा आधादर्जन बिलबोर्डमा रामको तस्वीर अंकित गरिएको छ । कम्तीमा ६ वटा बिलबोर्डमा रामको तस्वीर राखेको जस्तो गरी फोटोशप गरिएको वास्तविक तस्वीर यस्तो छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com