कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै, अर्का युवा केदार कार्कीलाई पनि आफू काम गर्दैै आएको मुलुक जापान फर्कन मन छ । उनले जापान फर्कन धेरै प्रयास गरे ।

तर, कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सिर्जित समस्याका कारण खतिवडा र कार्की दुवै कार्यक्षेत्रमा फर्कन सकेनन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा उनीहरू समयमै आफ्नो कार्यथलो मुलुक जान नपाएका हुन् । त्यसो त अहिले लामो समयदेखि धेरै देशमा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । कतिपय देशले त अन्य देशका नागरिकलाई प्रवेशमा समेत रोक लगाइरहेका छन् । तर, पछिल्ला केही दिनमा भने अन्तर्राष्ट्रिय उडानका लागि ‘हरियो बत्ती’ बल्न थालेको छ । त्यसैले खतिवडा र कार्की पनि जापान जान खोजिरहेका हुन् ।

पछिल्ला केही दिनदेखि जापान जान ‘नो अब्जेक्सन लेटर’ लिन जापानी राजदूतावासअघि भीड लाग्न थालेको छ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला उनीहरूले स्वदेश छाड्न खोजेका हुन् । अहिले जापानको रोजगारदाता कम्पनी आफैंले काम विशेषले र बिदामा आएकाहरूलाई तुरुन्त फर्कन भनेकाले उनीहरूले स्वदेश छाड्न खाजेका हुन् । रोजगारदाता कम्पनीले बोलाएको समयमा पुगिँदैन कि भन्ने डर पनि उनीहरूमा देखिन्छ । नपुगेको खण्डमा रोजगारीमै असर पर्ने भय पनि उनीहरूमा देखिन्छ ।

चितवनका खतिवडाले जापान सरकारले आफूहरूलाई प्रवेश गराउने भनेकाले नो अब्जेक्सन लेटर लिन लाइनमा बस्नुपरेको सुनाए । उनले गत शुक्रबार आफूले फाराम बुझाई टोकन लिएर गएको र बुधबार नो अब्जेक्सन लेटर लिन लाइनमा बसेको सुनाए । पाँच वर्षअघि उच्च शिक्षा अध्ययनका लागि जापानको नारिता पुगेर अध्ययनसँगै काम गरी बिदामा घर आएको जानकारी गराउँदै खतिवडाले भने, ‘अहिले काम गरिरहेको रोजगारदाता कम्पनीले जतिसक्दो चाँडो आउनू भनेको छ, अब चार्टर उडानको बढी भाडा तिरेरै भए पनि फर्किने मनस्थिति बनाएको छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजगारदाताले बोलाएको बेला पुगिएन भने यहाँ बेरोजगार भएर बस्नुपर्ने र घरपरिवारको खर्च धान्नै मुस्किल हुने अवस्था आउन सक्ने चिन्ताले जतिसक्दो छिटो नो अब्जेक्सन लेटर लिएर फर्किन लागेको उनको भनाइ छ । सोही लाइनमा बसेका अर्का युवा कार्कीले पनि पाए आगामी १ भदौबाट खुल्ने भनिएको नियमित व्यावसायिक उडान र नपाए बढी भाडा तिरेरै भए पनि चार्टर उडानबाट जापान जान लागेको बताए । कार्कीले पनि खाइपाइ आएको जागिर गुमेको अवस्थामा नेपाल बसेर बाँच्न नसकिने देखिएकाले नो अब्जेक्सन लेटर लिए फर्किन लागेको बताए ।

लकडाउनअघि र लकडाउनकै अवधिमा चार्टर उद्धार उडानमार्फत स्वदेश आएकाहरू अहिले फेरि त्यसतर्फ जान आवश्यक तयारी गरिरहेका हुन् । अहिले महाराजगन्ज पानीपोखरीस्थित नेपालका लागि जापानी दूतावास अगाडिको सडकपेटीमा दैनिक युवाहरूको ठूलो लाइन लाग्न थालेको छ । गत शुक्रबारदेखि यस दूतावासअगाडि दैनिक सयौंको संख्यामा ‘नो अब्जेक्सन लेटर’ लिनेहरूको भीड लाग्ने गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com