पेचेक प्रोटेक्सन ऋणका लागि आवेदन दिने म्याद अगस्त ८ सम्म, ६० प्रतिशत पेरोलमा लगाए मिनाहा


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको ऋणका लागि आवेदन दिने म्याद अगस्त ८ सम्ममात्र रहेको छ । शनिबारसम्म आवेदन दिनेहरुले पेचेक प्रोटेक्सन ऋण प्राप्त गर्नसक्ने र ६० प्रतिशत पेरोलमा लगाएको खण्डमा ऋण मिनाहा हुनसक्ने जनाइएको छ ।

एकल स्वामित्व भएकादेखि सेल्फ इम्प्लोयडदेखि स्वतन्त्र ठेकेदारसम्मले यो ऋणका लागि आवेदन दिनसक्नेछन् । सेल्फ इम्प्लोयदेखि उबर चालक लगायतका एप्लीकेशनबाट काम गर्नेहरुले यो ऋणका लागि आवेदन दिनसक्ने र उनीहरुले सन् २०१९ मा गरेको आम्दानीको आधारमा ऋण प्राप्त गर्नसक्ने जनाइएको छ ।

उबर चालकहरुले ट्याक्स फाइलको स्केजुल सीको ३१ नम्बरमा उल्लेख गरेको रकमलाई १२ ले भाग गरेर २ दशमलव ५ ले गुणा गरी आउने रकम पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत प्राप्त गर्नसक्छन् । उनीहरुले उक्त रकम छुट्टै खातामा प्राप्त गरेर स्केजुल सीको ३१ नम्बरमा उल्लेख गरेको रकमलाई ५२ ले भाग गरेर आउने रकम हरेक हप्ता आफ्नो नियमित खातामा पेरोलका रुपमा सारेमा उक्त ऋण मिनाहा हुनसक्ने सम्भावना रहन्छ ।

पीपीपी ऋण लिनेहरुलाई त्यस्तो ऋण प्राप्त गर्दा सेल्फ इम्प्लोयडहरुको डीबीए नभएको खण्डमा छुट्टै व्यक्तिगत खातामा प्राप्त गर्न सीपीए विराज रिजालले सुझाव दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीपीपी ऋण लिनेहरुले छुट्टै व्यक्तिगत खातामा प्राप्त रकम चेकमार्फत क्षतिपूर्तिवापत आफ्नो नियमित खातामा साप्ताहिक रुपमा पठाउन सकिने र त्यसो गर्दा उक्त ऋण राहतमा रुपान्तरण गर्न सहज हुने उहाँले बताउनुभयो । पीपीपी ऋणबाट प्राप्त रकम खर्च गर्दा आफ्ना व्यक्तिगत खर्चहरुमा नमिसाउन र खर्चको हिसाबकिताब स्पष्ट राख्न उहाँले सुझाव दिनुभएको छ ।

पीपीपी ऋणको खर्च गर्दा उहाँले खर्चका मापदण्डहरु पूरा गर्न सुझाव दिनुभएको छ । पीपीपी ऋण कामको क्षतिपूर्तिवापत खर्च गर्न सकिने तर कामको क्षतिपूर्तिवापत खर्च गर्दा गतबर्ष गरेको साप्ताहिक आम्दानी भन्दा बढी नलिन उहाँले सुझाव दिनुभयो ।

उदाहरणका लागि कुनै उबर चालकले पीपीपी ऋण प्राप्त गरेको छ भने उसले आफ्नो छुट्टै खाताबाट नियमित खातामा रकम प्राप्त गर्दा विगतको आम्दानी भन्दा बढी रकम स्थानान्तरण नगर्न उहाँले सुझाव दिनुभएको छ । कुनै सेल्फ इम्प्लोयड व्यक्तिले सन् २०१९ मा बार्षिक रुपमा २६ हजार कुल आम्दानी गरेको छ भने उसले अहिले काम गर्न नसकेको अवस्थामा पीपीपी ऋणबाट साप्ताहिक ५ सय डलर आफ्नो खातामा सार्न सक्छ ।

पीपीपी ऋण तोकिएको मापदण्डभन्दा बाहिर रहेर खर्च गरेमा मिनाहा नहुने र ब्याजसहित फिर्ता गर्नुपर्ने विराज रिजालले जानकारी दिनुभयो ।

पीपीपी ऋण मिनाहाका लागि आवेदकले तोकिएको समयभित्रै ऋण मिनाहाका लागि छुट्टै आवेदन दिनुपर्ने सीपीए रिजालले जानकारी दिनुभएको छ । सेल्फ इम्प्लोयडले पीपीपी ऋण ८ हप्ताभित्र खर्च गरेर मिनाहाका लागि आवेदन दिनुपर्ने उहाँले बताउनुभयो । साना विजनेशहरुले भने पीपीपी ऋण २४ हप्ताभित्र खर्च गर्नसक्ने प्रावधान रहेको छ ।

पीपीपी ऋणका लागि विभिन्न लेण्डरहरुमार्फत आवेदन दिन सकिन्छ ।

तपाईको राज्यमा कुन वित्तिय संस्थामार्फत पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको ऋणका  लागि आवेदन दिन सकिन्छ ? सम्पूर्ण सुची यहाँ हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com