जोन्सन एण्ड जोन्सनसँग अमेरिकाले एक बिलियन डलरमा बुक गर्यो १ सय मिलियन भ्याक्सिन


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

कोरोनाबिरुद्धको भ्याक्सिन बनाइरहेको कम्पनी जोन्सन एण्ड जोन्सनसँग अमेरिकाले एक बिलियन डलरभन्दा धेरै रकममा एक सय मिलियन डोज भ्याक्सिन बुक गरेको छ । जोन्सन एण्ड जोन्सनले बुधबार एक घोषणामार्फत आफूहरुले कोरोनाबिरुद्ध भ्याक्सिन उत्पादन गरेर सुरुका एकसय मिलियन डोज अमेरिकालाई दिने बताएको छ ।

कम्पनीले अहिले प्रारम्भिक चरणमा भ्याक्सिनको परीक्षण गरिरहेको छ भने तेश्रो चरणको बृहत परीक्षण सेप्टेम्बरमा सुरु गर्ने अपेक्षा गरिएको छ । अमेरिका र विश्वब्यापी रुपमा कोरोनाबिरुद्धको भ्याक्सिनको आपतकालिन प्रयोगका लागि आफूहरुले उत्पादनलाई तीब्र पारेको कम्पनीले जनाएको छ ।

अमेरिकाले यसअगाडि जोन्सन एण्ड जोन्सनलाई भ्याक्सिनको विकाशका लागि ४५६ मिलियन डलर प्रदान गरेको थियो । कम्पनीले सन् २०२१ भित्र विश्वब्यापी रुपमा एक बिलियन डोज भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि कोरोनाबिरुद्धको भ्याक्सिन अभियानका क्रममा लगाएको खण्डमा ती भ्याक्सिन लगाउन अमेरिकनलाई कुनै शुल्क तिर्नु नपर्ने अमेरिकी सरकारले एक वक्तब्यमार्फत जनाएको छ । यद्यपी स्वास्थ्यकर्मीहरुले भने भ्याक्सिन लगाउने कार्यका लागि केही शुल्क लिनसक्नेछन् ।

अमेरिकाले सानोफी र ग्यालेक्सीस्मीथलाइनलाई पनि कोरोनाबिरुद्धको १ सय मिलियन डोज भ्याक्सिनका लागि २ दशमलव १ बिलियनसम्म तिर्ने बताएको छ । त्यस्तै अमेरिकाले फाइजर र बायोएनटेकलाई पनि कोरोनाबिरुद्धको प्रभावकारी भ्याक्सिन बनाउन सकेमा एकसयमिलियन डोजका लागि १ दशमलव ९५ बिलियन रकम दिने बताएको छ ।

अमेरिकाले मोडेर्ना र आष्ट्राजेनेकालाई पनि भ्याक्सिनको विकाशका लागि सघाइरहेको छ । यी कम्पनीहरुले पनि अमेरिकालाई भ्याक्सिनका डोजहरु उपलब्ध गराउने बताएका छन् । मोडेर्ना र फाइजरले आफ्तो तेश्रो चरणको बृहत परीक्षण तीसतीस हजारमा सुरु गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com