कुवेतमा कोरोना संक्रमित ८ नेपालीको मृत्यु : नेपाली दूतावास


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

कोरोना भाइरस (कोभिड–१९) का कारण खाडी मुलुक अन्तर्गत कुवेतमा ८ नेपालीको ज्यान गएको छ। गएको चार महिनामा कोरोनासहित विभिन्न कारणले २६ जना नेपालीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासले जनाएको हो।

त्यसमध्ये ८ जनाको कोरोनाका कारणले मृत्य भएको छ। कोरोनाका कारण मृत्यु हुने मध्य १ महिला र बाँकी ७ पुरुष रहेका छन् । कोरोनाको कारण मृत्यु भएका ८ जना सहित १३ जनाको शव कुवेतमै अन्त्येष्टि गरिएको नेपाली दूतावास कुवेतले जनाएको छ। शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो ।

यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन्। बाँकी १३ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको नेपाली दूतावास कुवेतले जनाएको छ।जसमा ३ महिला र १० पुरुष छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com