बाँके राष्ट्रिय निकुञ्जका प्रमुख र सहायक संरक्षण अधिकृत स्रोत नखुलेको ९ लाखसहित रुपन्देहीमा पक्राउ


प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाया स्रोत नखुलेको ९ लाखसहित रुपन्देहीबाट पक्राउ परेका छन् । उनीहरु नगद ३ लाख ४८ हजार नगद र ५ लाख ५० हजारका विभिन्न बैँकका भाैचरसहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरुलाई कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा सोमबार दिउँसो सैनामैना नगरपालिका–१० बाट उक्त रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश भुसालले बताए । पक्राउ परेकाहरुमा माथि अनुसन्धान भइरहेको उनले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com