हालसम्म यूएईमा कोरोनाबाट क‍ति नेपालीको मृत्यु ?


प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार

यूएईमा कोरोना भाइरसको संक्रमणबाट ३२ जना नेपालीको ज्यान गएको छ । कोरोना भाइरसको महामारी सुरु भएसँगै चार महिनामा विभिन्न कारण १ सय १ नेपालीको ज्यान गएको छ । जसमा ३२ जनाको कोरोनाबाट ज्यान गएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

यूएईमा कोरोनाबाट मृत्यु हुनेमा १ जना महिला छन् भने ३१ जना पुरुष रहेका छन् । कोरोनाबाट मृत्यु भएका ३२ जनासहित ६१ नेपालीको शव यूएईमै अन्त्येष्टि गरिएको दुतावासले जनाएको छ । यसअघि महामारी सुरु भएसँगै दूतावासले शव अन्त्येष्टिमा ‘नो अब्जेक्सन’ जारी गरेको थियो । सोहि अनुसार त्यहाँको सरकारले दूतावाससँग समन्वय गरेर शवको अन्त्येष्टि गरेको हो ।

बाँकी ४० शवमध्ये १६ वटा शव हवाई चार्टर्ड गरेर नेपाल ल्याइएको छ भने १६ शव नेपाल ल्याउने तयारी भैरहेको छ । र, ८ शव युएईको विभिन्न अस्पतालमै रहेको दूतावासले जनाएको छ । ती शवहरु विभिन्न अनुसन्धानको क्रममा रहेको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com