सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो: बेपत्ता आठ जनाकै शव भेटियो
प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/07/bajhang_pahiro_0yFOw0PxZv_dxpvja3dMg.jpg?fit=700%2C300&ssl=1)
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिएर बेपत्ता भएका आठै जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा छन् । मृतक राजेन्द्र चौरसिया र घाइते बारु शाह भारतीय नागरिक हुन् ।
गएराति अविरल वर्षासँगै नगरपालिकाको वडा नं ११ मा आएको पहिराले पुरिदाँ ८ जना बेपत्ता भएका थिए भने एक भारतीय नागरिकलाई जिवित्तै उद्धार गरिएको थियो । राति करिब २ बजेतिर आएको पहिरोले कभर्ड हल निर्माणका लागि खटिएका कामदार पुरिदाँ बेपत्ता भएका थिए ।