न्युजर्सीमा कागजपत्रविहिनले समेत पेशागत लाइसेन्स पाउने बिल पारित, गभर्नरले हस्ताक्षर गर्दै


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

अमेरिकाको न्युजर्सीमा कागजपत्रविहिनले समेत पेशागत लाइसेन्स पाउने बिल पारित भएको छ । गभर्नर फिल मर्फीले हस्ताक्षर गरेपछि यो बिल कार्यान्वयनमा आउनेछ ।

यो बिल अनुशार अब न्युजर्सीमा कागजपत्रविहिनले समेत एकाउन्टेन्ट, प्रशोधन विशेषज्ञ वा फार्मासिस्ट लगायतका कैयन क्षेत्रमा पेशागत लाइसेन्स प्राप्त गर्नसक्नेछन् । न्युजर्सीको सिनेटले गतसाता पारित गरेको यो बिल एसेम्बलीबाट पनि पारित भएको हो । समाजमा र अर्थतन्त्रमा भाग लिनका लागि क्षमतावान कागजपत्रविहिनलाई अब कुनै अवरोध नहुने भएको छ ।

तर अमेरिकाका बेरोजगारी दर बढेको अवस्थामा कागजपत्रविहिनलाई समेत पेशागत र व्यवसायिक लाइसेन्स प्रदान गर्ने यो बिलबाट ग्रिनकार्ड वा नागरिकहरुको रोजगारीमा असर पर्नसक्ने भन्दै आलोचना समेत भएको छ । न्युजर्सीमामात्र १३ लाखभन्दा धेरै बेरोजगार भएका छन् ।

यो बिलका समर्थकहरुले भने कोरोनाको महामारीका कारण स्वास्थ्यकर्मी र अन्य अत्यावश्यक कामदारको अभाव भएको सन्दर्भमा त्यस्तो अभाव पूर्ति गर्नसक्ने बताएका छन् । कागजपत्रविहिनलाई समेत पेशागत लाइसेन्स प्राप्त गर्ने अधिकार प्रदान गर्ने बाटोमा अगाडि बढ्ने अमेरिकाको पूर्वी क्षेत्रको राज्यमा न्युजर्सी पहिलो भएको छ । क्यालिफोर्निया, नेभाडा, न्यु मेक्सिको लगायतका राज्यमा यस्तो प्रावधान पहिलेदेखि नै छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युजर्सीमा एकाउन्टेन्ट, आर्किटेक्ट, अक्युपन्चरिस्ट, अडियोलोजिस्ट, ब्यूटिसियन, कोर्ट रिपोर्टर, कस्मेटोलोजिस्ट, डाक्टर, डेन्टिस्ट, इन्जिनियर, होम इन्सपेक्टर, मोर्टिसियन, नर्स, थेरापिस्ट, फार्मासिस्ट, सामाजिक कार्यकर्ता लगायतका कैयन पेशामा लाइसेन्सको आवश्यकता पर्छ । यो नियम पारित भएपछि कागपत्रविहिनले समेत त्यस्ता लाइसेन्सहरु प्राप्त गर्नसक्नेछन् ।

यद्यपी अमेरिकाको संघीय कानुनले वर्क परमिट र सोसल सेक्युरिटी नम्बर नहुने कागजपत्रविहिनलाई काममा लगाउन बर्जित गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com