अमेरिकामा नर्स र डाक्टरका बच्चा हेर्न आउनेलाई भिसा दिइने, अरु कसकसलाई भिसा छुट ?


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत आगामी डिसेम्बरसम्मका लागि विभिन्न कामदार र आप्रवासी भिसामा रोक लगाउने घोषणा गरेकोमा छुट दिइएका भिसाबारे अमेरिकी सरकारको विदेशमन्त्रालयले थप स्पष्ट पारेको छ । विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले अपडेट गरेको पछिल्लो सुचनामा छुट दिइएका भिसाबारे स्पष्ट पारिएको हो ।

एचवान बी कामदार भिसामा जनस्वास्थ्य र जनस्वास्थ्यकर्मीका रुपमा अमेरिका आउन चाहनेहरुलाई छुटको व्यवस्था गरिएको छ । कोरोना महामारीको प्रभाव कमगर्नेबारे शोध वा अन्वेषण गर्न आउनेहरुलाई पनि एचवान बी कामदार भिसामा छुट दिइएको छ ।

क्यान्सर, सरुवा रोग लगायतका विषयमा जनस्वास्थ्य लाभका सन्दर्भमा चालु मेडिकल रिसर्च गर्न आउनेहरुलाई पनि एचवान बी कामदार भिसामा छुट दिइएको छ । त्यस्तै प्राथमिक रुपमा नै कोभिड १९ को क्षेत्रमामात्र नभई कोभिड १९ को महामारीका कारण प्रभाव परेको अन्य क्षेत्रमा जनस्वास्थ्यको क्षेत्रमा काम गर्नका लागि आउने स्वास्थ्कर्मी, शोधकर्ता लगायतलाई समेत एचवान बी कामदार भिसामा छुट दिइएको छ ।

त्यस्तै अमेरिकी सरकारका एजेन्सीहरुले अनुरोध गरेको सन्दर्भमा वा अमेरिकी विदेश नीतिको उद्देश्य पूरा गर्न वा सन्धी सम्झौताको दायीत्व पूरा गर्न आउनेहरुलाई पनि एचवान बी कामदार भिसामा छुट दिइएको छ । अमेरिकी सरकारका लागि आवश्यक पर्ने आईटी सपोर्ट, शोध वा अन्य अत्यावश्यक परियोजनाका लागि आउनेहरुलाई पनि छुट दिइएको छ ।

त्यस्तै एच टु बी भिसाका सन्दर्भमा आईटीको पूर्वाधार वा अमेरिकाको सैन्य बेसको निर्माण लगायतका सन्दर्भमा अमेरिकाको सरकारी एजेन्सीको अनुरोधमा अमेरिकी विदेश नीतिको उद्देश्य पूरा गर्न वा सन्धी सम्झौताको दायीत्व पूरा गर्न आउनेहरुलाई भिसा छुट दिइएको छ ।

त्यस्तै जे वान भिसाका सन्दर्भमा अमेरिकी नागरिक, ग्रिनकार्डवाहक वा कानुनी हैसियतमा रहेका गैरआप्रवासीहरुका बालबालिकाको हेरचाह गर्न आउने सुसारेहरुलाई छुट दिइएको छ । तर त्यसका लागि बालबालिकाको विशेष आवश्यकता पूरा गर्नसक्ने हुनुपर्छ । विशेष आवश्यकताहरुमा मेडिकल, विशेष शिक्षा वा सांकेतिक भाषा जस्ता विषय पर्छन् । मेडिकल इस्युका कारण बालबालिकाहरुलाई विशेष हेरचाह आवश्यक परेको खण्डमा त्यसलाई राष्ट्रिय रुचीमा लिइन्छ ।

अमेरिकी नागरिक, ग्रिनकार्डवाहक वा अन्य गैरआप्रवासी स्टाटसमा रहेकाहरुलाई पब्लिक चार्जमा पर्नबाट वा राज्यका स्वास्थ्य सेवाको बोझ हुनबाट रोक्छ, त्यसका लागि आउने सुसारेहरुलाई पनि छुट जे वान भिसामा छुट दिइएको छ । कोरोनाबिरुद्धको लडाईमा लागेका मेडिकल शोधकर्ताहरु वा कोरोनाको बिरामीको उपचार वा हेरचाहमा लागेकाहरुका बच्चाबच्चीलाई हेरचाह गर्न आउनेहरुलाई अमेरिकामा जे वान भिसामा छुट दिइएको छ ।

त्यस्तै डीएस २०१९ मा जी ३ बाट सुरु हुने अमेरिकाका सरकारी एजेन्सी र जी ५ बाट सुरु हुने स्वास्थ्य संस्थाको स्पोन्सरमा एक्सजेन्ज भिजिटरका रुपमा आउनेहरुलाई पनि जे वान भिसामा छुट दिइएको छ ।

एलवान भिसाका सन्दर्भमा पनि कोरोना महामारीको प्रभाव कमगर्नेबारे शोध वा अन्वेषण गर्न आउनेहरुलाई, क्यान्सर, सरुवा रोग लगायतका विषयमा जनस्वास्थ्य लाभका सन्दर्भमा चालु मेडिकल रिसर्च गर्न आउनेहरुलाई, प्राथमिक रुपमा नै कोभिड १९ को क्षेत्रमामात्र नभई कोभिड १९ को महामारीका कारण प्रभाव परेको अन्य क्षेत्रमा जनस्वास्थ्यको क्षेत्रमा काम गर्नका लागि आउनेहरुलाई छुट दिइएको छ ।

विस्तृत सुचना यहाँ हेर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com