२६ कार्तिक २०८३, बिहिबार| Thursday, November 12, 2026
श्रोत केन्द्र

४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्यले तिरिदिने कार्यक्रमका लागि आवेदन म्याद थप

कम आम्दानी हुने न्युयोर्कबासीहरुको ४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्य सरकारले तिरिदिने कार्यक्रमका लागि गभर्नर एन्ड्रयु कुमोले आवेदन अवधि एकसाता लम्बाएका छन् । अब अगस्त ६ सम्म यो कार्यक्रमका लागि आवेदन दिन सकिने भएको छ ।न्युयोर्क राज्यको भाडा सहायता कार्यक्रम अन्तरगत कोरोनाको महामारीबाट प्रभावितहरुका लागि यो कार्यक्रम ल्याइएको हो ।

कोरोनाको महामारीपछि आम्दानी गुमाएका भाडावालहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् भने यो कार्यक्रम अन्तरगत योग्य भाडावाललाई एकपटकको रेन्टल सब्सीडी प्रदान गरिनेछ । उक्त रकम सिधै घरवेटीलाई पठाइने छ भने उक्त रकम आवेदकले राज्य सरकारलाई पुन तिर्नु नपर्ने जनाइएको छ ।

अनलाइनमार्फत आवेदन दिनका लागि र कार्यक्रमबारे थप थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहोला ।

यो कार्यक्रमका लागि योग्य हुनका लागि मार्च १ भन्दा पहिले र आवेदन दिने बेलामा घरको आम्दानी उक्त क्षेत्रको औषत परिवारको आम्दानी भन्दा ८० प्रतिशत कम हुनुपर्छ र आम्दानीको ३० प्रतिशतभन्दा धेरै भाडामा तिरेको हुनुपर्छ ।

उदाहरणका लागि यदि तपाई क्वीन्समा बस्नुहुन्छ भने एकजनाको परिवारका लागि बार्षिक आम्दानी ६३ हजार ७ सयभन्दा कम, दुईजनाको परिवारका लागि बार्षिक आम्दानी ७२ हजार ८ सयभन्दा कम, तीनजनाको परिवारका लागि बार्षिक आम्दानी ८१ हजार ९ सयभन्दा कम, ४ जनाको परिवारका लागि बार्षिक आम्दानी ९० हजार ९ सय ५० भन्दा कम, ५ जनाको परिवारका लागि बार्षिक आम्दानी ९८ हजार २ सय ५० भन्दा कम छ भने तपाई यो कार्यक्रमका लागि योग्य हुनसक्नुहुनेछ ।

न्युयोर्क राज्यका विभिन्न क्षेत्रको औषत आम्दानी हेर्न यहाँ क्लिक गर्नुहोला ।

आवेदन दिनका लागि घरको मध्ये कोही सदस्य अमेरिकी नागरिक वा योग्य आप्रवासी स्टाटसमा भएको हुनुपर्छ । मिश्रित स्टाटस भएको व्यक्ति समेत योग्य हुनसक्छन् । उदाहरणका लागि कसैको घरमा अमेरिकामा जन्मेको बच्चा छ भने त्यस्तो परिवारले आवेदन दिनसक्छ । न्युयोर्कको आईडीएनवाईसीलाई समेत परिचयपत्रका रुपमा स्वीकार गरिनेछ । परिवारले अप्रिल १ देखि जुलाई ३१ को अवधिमा आम्दानी गुमाएको हुनुपर्छ ।

आवेदन स्वीकृत भएमा भाडाको रकम सिधै घरवेटीलाई पठाइनेछ भने मार्च १ देखि यता घरको भाडामा खर्च गरिएको आम्दानीको प्रतिशतको फरक रकम र आवेदन दिनेबेलामा घरको भाडामा खर्च गरिएको आम्दानीको प्रतिशतको फरक रकम सहायताका रुपमा उपलब्ध गराइनेछ । आवेदकले अप्रिलदेखि जुलाईसम्म ४ महिनासम्मको भाडामा सहायताका लागि आवेदन दिनसक्नेछन् ।

आवेदन दिनका लागि लिजको कागजपत्र हुन आवश्यक छैन । यो कार्यक्रमका लागि योग्य हुनका लागि भाडा नतिरेको व्यक्ति हुन जरुरी छैन । विगतका महिनाको भाडा तिरसकेको व्यक्ति भएपनि उक्त व्यक्तिका लागि उक्त रकम भविश्यको भाडाको क्रेडिट स्वरुप प्राप्त हुनेछ । अपार्टमेन्टमा बस्ने, एकल परिवारवाला घरमा बस्ने लगायतका व्यक्ति कार्यक्रमका लागि योग्य हुनेछन् ।

यो कार्यक्रम पहिले आवेदन दिनेलाई पहिले सुविधा दिने प्रकारको नभएको जनाइएको छ । तर कम आम्दानी हुने र बढी भाडा तिर्नुपर्ने परिवारलाई प्राथमिकता दिने होम्स एण्ड कम्यनिटी रिन्युवलले जनाएको छ । आवेदन दिइसकेपछि योग्य भएनभएको बारे र घरवेटीलाई रकम पठाइएकोबारे आवेदकलाई सुचना पठाइने जनाइएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

यो कार्यक्रममा सहभागी हुनका लागी योग्यताबारे थाहापाउन वा थप बुझ्न ३११ मा कल गरेर टेनान्ट हेल्पलाइन भन्न सक्नुहुनेछ । आफ्नो आवेदनमा सहायताका लागि होम्स एण्ड कम्यनिटी रिन्युवलको कल सेन्टर ८३३ ४९९ ०३१८ मा फोन गर्न सक्नुहुनेछ । विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सोमबारदेखि शनिबारसम्म कलसेन्टरहरु खुला हुनेछन् ।

यदि तपाईलाई अध्यागमन र पब्लिक बेनिफिटका बारेमा कुनै प्रश्नहरु भएमा गोप्य एक्सन एनवाईसीको हटलाइन नम्बर ८०० ३५४ ०३६५ मा सोमबारदेखि शुक्रबारसम्म विहान ९ बजेदेखि ६ बजेसम्म फोन गर्न सक्नुहुनेछ । वा ३११ मा फोन गरेर पब्लिक चार्ज भन्न सक्नुहुनेछ । तपाईले आफ्नो अध्यागमन स्टाटसका कारण कुनै सुविधा लिन हिचकिचाउनुभएको छ भने उक्त नम्बरमा फोन गरेर सुविधा लिन मिल्ने नमिल्ने जानकारी लिन सक्नुहुनेछ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →