युएससीआईएसबाट आवेदन शुल्क बृद्धि, नागरिकता आवेदन ११६० डलर, एसाइलमलाई पनि शुल्क


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकता लगायतका आवेदनको शुल्कबृद्धि गरेको छ । यसबारे सोमबार फेडलर रजिस्टरमा अन्तिम सुचना प्रकाशित हुने भएको छ । नयाँ शुल्क भने अक्टोबर २ बाट लागु हुनेछ ।

हालसम्म अमेरिकी नागरिकता आवेदन एन ४०० का लागि अनलाइन आवेदन शुल्क ६४० रहकोमा ५२० डलर बढाएर ११६० बनाइएको छ । कागजीरुपमा फाइल गर्नेहरुले भने ११७० डलर तिर्नुपर्नेछ । अहिलेको प्रावधान अनुशार नागरिकता आवेदन कागजी रुपमा फाइल गर्नका लागि कम आम्दानी हुनेलाई ३२० डलर र अरुलाई ६४० डलर शुल्क रहेकोमा अब सबैले ११७० डलर तिर्नुपर्नेछ ।

आफन्तका लागि ग्रिनकार्ड आवेदन आई १३० फाइल गर्दा अहिलेसम्म ५३५ डलर शुल्क रहेकोमा नयाँ शुल्क अनलाइन फाइल गर्दा ५५० डलर र कागजी फाइल गर्दा ५६० तय गरिएको छ । ग्रिनकार्डको आवेदन आई ४८५ को शुल्क भने १० डलर कम गरेर ११३० तय गरिएको छ । गैरआप्रवासी भिसा थप वा स्टाटस परिवर्तनका लागि अहिलेसम्म ३७० डलर रहेकोमा नयाँ शुल्क अनलाइनबाट फाइल गर्दा ३९० र कागजी रुपमा फाइल गर्दा ४ सय तोकिएको छ ।

वर्क परमिटको शुल्क बढाइएको छैन तर बायोमेट्रिक शुल्क घटाइएको छ । बायोमेट्रिक शुल्क ८५ डलरबाट घटाएर ५५ डलर बनाइएको छ तर डाकाका लागि बायोमेट्रिक शुल्क ८५ डलर नै यथावत राखिएको छ । आई१४० आवेदनको शुल्क पनि घटाइएको छ । अहिले यो शुल्क ७ सय डलर रहेको छ तर नयाँ शुल्कमा २४५ डलर घटाएर ५५५ डलर कायम गरिएको छ ।

यसअगाडि एसाइलम आवेदन आई ५८९ फाइल गर्न निशुल्क रहेकोमा नयाँ नियम अनुशार ५० डलर शुल्क तोकिएको छ । अन्तिम नियममा अनलाइन आवेदन दिनका लागि प्रोत्साहन गरिएको छ । अनलाइन आवेदन दिनेहरुका लागि शुल्क समेत कागजी आवेदनका तुलनामा कम गरिएको छ ।

सोमबार प्रकाशित हुने अन्तिम नियम यहाँ पढ्न सक्नुहुनेछ ।

सम्पूर्ण शुल्क विवरण

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com