अमेरिकामा थुप्रिदै नेपाली ठग र तस्कर, करोडौं झ्वाम पारेर खनाल अमेरिकामा !


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

काठमाडौं नारायणटारकी रमा पाण्डेको २३ लाख ठगेर अमेरिका पुगेर जबर श्रेष्ठ अमेरिकामा रमाइरहेको र सर्वसाधारणको सवा अर्ब रुपैयाँ हिनामिना गरी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका तत्कालीन प्रबन्ध सञ्चालक पवनकुमार कार्की अमेरिकामा ब्यापार गरिरहेको अवस्थामा करोडौं ठगेका अर्का व्यक्ति पनि अमेरिका पुगेको जनाइएको छ ।

सर्वसाधारण र बैंकको करोडौं रकम झ्वाम पारेर फरार भएका कैलाश विकास बैंकका पोखरास्थित लामाचौर शाखाका शाखा प्रबन्धक रविचन्द्र खनालपनि अमेरिका पुगेको जनाइएको छ । सर्वसाधारण र बैंकको करोडौं रकम झ्वाम पारेर फरार भएका कैलाश विकास बैंकका पोखरास्थित लामाचौर शाखाका शाखा प्रबन्धक (ब्राञ्च म्यानेजर) रविचन्द्र खनालले देश छाडेर भाग्न सफल भएका छन् ।

खनाल १४ तारिक अर्थात बैशाख १ गते नै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट जहाज चढेर विदेशतर्फ उडिसकेका छन् ।
बैशाख १ गतेदेखि नै बैंकको सम्पर्कमा थिएनन् । जबकी बैंकले ३ गते मात्रै ठगी गरेर उनी बेपत्ता भएको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) मा उजुरी गरेको थियो । अध्यागमन विभागले सीआइबीलाई खनाल बैशाख १ गते नै भित्रुवन बिमानस्थलबाट विदेशतर्फ लागेको जानकारी दिएको सीआइबीकी प्रवक्ता मिरा चौधरीले जानकारी दिइन् ।

खनाल काठमाडौंबाट भारत गएको र भारतबाट अमेरिका गएको हुनसक्ने आशंका गरिएको छ । खनालसँग अमेरिकाको ५ वर्षे भिजा थियो । २ वर्षअघि मात्रै लाइन्स क्लब गोल्डेन फोखराको तर्फबाट उनी अमेरिकामा भएको कार्यक्रममा सहभागि पनि भएका थिए ।  प्रहरीले इन्टरपोलमार्फत उनलाई पक्राउ गर्ने डीएसपी चौधरीले जानकारी दिइन् ।

चैत मसान्तको दिन साँझ साढे ७ बजेसम्म कार्यालयमा बसेर काम गरेका खनाल त्यसपछि भने फरार भएका थिए । बैंकबाट १ करोड ८० लाख, सर्वसाधारणसँग ४/५ करोड र सरकारीबाट २ करोडको हाराहारीमा पैसा लिएर खनाल फरार भएका हुन् । बैंकका सीइओ लामिछानेका अनुसार खनालसँग ३/४ करोड रुपैयाँ पर्ने घर-जग्गा भएको बैंकले उनको सबै समपत्ति रोक्का गरिसकेको जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com