टोरोन्टो क्यानडामा हिमालयन मेला भब्य


प्रकाशित मिति : भाद्र ७, २०७३ मंगलबार

-मित्र काफ्ले / टोरोन्टो

टोरोन्टोको मुटु मानिने नाथम फिलिप स्क्यायरमा नेपालीको पहिचान झल्किने सांस्कृतिक मेला ‘हिमालयन फेस्टिबल’ भब्य रुपमा सम्पन्न भएको छ ।

क्यानाडाको टोरोन्टोमा पुरानो संस्था मानिने एनसीसीएसले बर्षेनी आयोजना गर्दै आएको उक्त मेलामा लगभग ४ सयको हाराहारीमा नेपाली समुदायबाट उपस्थिती थियो । मेलामा प्रमुख अथिति नेपालका लागि क्यानाडाका राजदुत काली प्रसाद पोख्रेल लगायत बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको राम्रो जमघट हुने अवशर जुरेको थियो ।

मेलामा नेपाली रेस्टुराँहरुले नेपाली स्वादका खानाका परिकारहरु तथा नेपाली ममको बुथहरु राखेर नेपालीपन को स्वाद मेलाका आगन्तुकहरुलाई उपलब्ध गराएका थिए । नेपालबाट आयका चर्तित कलाकार तथा स्थानीय कलाकारको प्रस्तुतीले मेलामा भरपुर मनोरंजन प्रदान गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com