एसाइलम अन्तरवार्ता तीब्र पार्न म्यानहटनमा शाखा खोलिंदै, अगस्त १७ देखि सुचारु


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

एसाइलम अन्तरवार्ता तीब्र पार्न न्युजर्सीको नेवार्क एसाइलम अफिसले न्युयोर्कको म्यानहटनमा शाखा खोल्ने भएको छ । उक्त शाखाले अगस्त १७ देखि काम सुचारु गर्ने युएससीआईएसले जनाएको छ ।

सुरुको चरणमा कोरोनाको महामारीका कारण पुन तय भएका एसाइलमका अन्तरवार्ताहरु लिइने भएको छ । हड्सन रिभरको पूर्वतिर नेवार्क एसाइलम अफिसको कार्यक्षेत्रभित्र पर्नेहरुको म्यानहटनको शाखाबाट अन्तरवार्ता लिइनेछ ।

तर अन्य एसाइलमका अफिसको केसलोडका आधारमा उक्त अफिसमा केसहरु स्थानान्तरण समेत गर्न सकिने जनाइएको छ । एसाइलमका अन्तरवार्ताहरु अप्वाइन्टमेन्टका आधारमा मात्र हुने युएससीआईएसले स्पष्ट पारेको छ ।

कोरोनाको महामारीका कारण कुनै सोधपुछका लागि व्यक्ति उपस्थीत हुन भने पाउनेछैनन् । त्यस्तै कागजात डेलिभरीका लागि पनि कोही व्यक्ति जान पाउनेछैनन् । एसाइलम आवेदकलाई कुन अफिसमा अन्तरवार्ताका लागि जाने भन्ने पत्रमार्फत सुचित गरिने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com