वाह राजधानी !


प्रकाशित मिति : ९ बैशाख २०७४, शनिबार

कुनै बेला भनिन्थ्यो, काठमाडौं सहर, हेर्न लाग्छ रहर । त्यही हेर्न रहर लाग्ने सहर अहिले हिलो र धुलोले कुरुप बनेको छ । पानी पर्ने बित्तिकै हिलाम्मे हुने र केहीबेरमै धुलाम्मे हुने काठमाडौंको सडक अहिले खानेपानीको पाइप बिछ्याउन खनिएपछि थप कुरुप बनेको छ । सडकमा छेउछाउमा हिड्नेलाई हुने सास्तीको बयान गरी साध्य छैन । मोटरसाइकल, साइकल र स्कुटरमा हिड्नेको पनि हालत खराब छ । खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका यी चार तस्विरहरु नेपालको राजधानी काठमाडौंको प्रतिनिधित्व गर्न प्रयाप्त छन् । यी तस्विरहरु हेरौं, अनि चुनावको चटारोमा रहेका नेपालका राजनीतिक दलका नेताहरुलाई सोधौं, यस्तै हुन्छ कुनै पनि देशको राजधानी ?

हिलाम्मे सडकको आसपासमा हिड्नेहरु गाडीले छ्यापेर सडकजस्तै हिलाम्मे हुने गरेका छन् ।

पानी पर्नासाथ काठमाडौंको सडकको हालत यस्तो हुन्छ ।

अनि पानी परेको केहीबेरमा नै धुलो उड्न थाल्छ र कुहिरीमण्डल हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com