सामाजिक न्याय र समानता पक्षमा सीता रसाइलीको नयाँ तीज गीत


प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार

पत्रकार एवं गायिका सीता रसाइलीको नयाँ तीज गीत ‘वर्षदिन बितेको’ सार्वजनिक भएको छ । सामाजिक न्याय र समानता पक्षमा उनको दृढ़ संकल्प सहित उनको गीतले अहिले चर्चा बटुलिरहेको छ ।

खाने, लाउने र तडक भडक देखाउने होडबाजीमा तीज पर्व दुरुपयोग भइरहेको चर्को टिका टिप्पणीकाबिच तीजलाइ समाज रुपान्तरणको खुड्किला बनाउन सकिन्छ भन्ने एउटा अभियान पूरा भएको उनी बताउँछिन् । जातीय जालो हटाउन, जातीय जंजीर तोड्न, जातीय जाँतोको दलन फोर्न र मानव अधिकारको सन्देश दिन सार्वजनिक गरिएको गीत डा. मोम विश्वकर्माले प्रस्तुत गरेका हुन । गीतमा चर्चित संगीतकार विवि अनुरागीको संगीत छ ।

शंकर विसीले निर्देशन गरेको म्युजिक भिडियोमा अन्जली अधिकारीको विशेष अभिनय छ भने बन्दना नेपाल र उत्सब घिमीरे लगायतको अभिनय छ। भिडियोको नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com