वेरोजगारी विमाको अतिरिक्त ६ सय डलर पाउने यो नै अन्तिम हप्ता


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

वेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुले प्राप्त गर्दै आएको अतिरिक्त ६ सय डलर प्राप्त गर्ने यो नै अन्तिम हप्ता रहेको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । डिपार्टमेन्टका तर्फबाट सबै आवेदकलाई पठाइएको सुचनामा आगामी आइतबार साप्ताहिक प्रमाणिकरणपछि अन्तिम साताका रुपमा अतिरिक्त ६ सय डलर प्राप्त हुने जनाइएको छ ।

गत अप्रिलको पहिलो सातादेखि वेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुले संघीय महामारी बेरोजगारी क्षतिपूर्तिवापत साप्ताहिक ६ सय डलर प्राप्त गर्दै आएका थिए । जुलाई २६ देखि अगस्त १ भित्र साप्ताहिक प्रमाणिकरण गर्नेहरुले अन्तिम हप्ताका रुपमा यो रकम अझै एकपटक प्राप्त गर्नेछन् ।

तर परम्परागत बेरोजगारी विमा रकमको अवधि भने न्युयोर्कमा २६ हप्ताबाट बढाएर ५९ हप्ता बनाइएको छ । अर्थात् परम्परागत बेरोजगारी विमा रकम लाभग्राहीले बढीमा ५९ हप्तासम्ममात्र प्राप्त गर्नसक्नेछन् ।

परम्परागत बेरोजगारी विमा रकमका लागि योग्य नभएका तर महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुले पनि उक्त रकम बढीमा ४६ हप्तासम्म प्राप्त गर्नसक्नेछन् । विगतमा महामारी बेरोजगारी सहायता रकम ३९ हप्तामात्र प्राप्त गर्न सकिने नियम रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुले पाएको अतिरिक्त रकमको अवधि बढाउने वा नबढाउने भन्ने सन्दर्भमा संसदमा निचोड निस्कन बाँकी रहेको छ । डेमोक्रेटिक सांसदहरु यो अवधि बढाएर जनवरीसम्म बनाउनुपर्ने पक्षमा रहेका छन् । तर रिपब्लिकहरु भने यो अवधि बढाउँदा कामदारहरु काममा फर्कन नचाहने भएकाले यो प्रावधानलाई लम्बाउन नहुने पक्षमा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com