राष्ट्र बैङ्कले २० अर्ब रूपियाँ तरलता प्रशोचन गर्ने


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत बजारबाट बिहीबार २० अर्ब रुपियाँ राष्ट्र बैङ्कको ढुकुटीमा तानेको हो ।

मुलुकमा कोरोना सङ्क्रमणसँगै गरिएको लकडाउनले बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएको छ । बैङ्किङ प्रणालीमा अहिले एक खर्ब ९१ अर्ब रुपियाँ हाराहारीमा तरलता रहेको राष्ट्र बैङ्कले जनाएको छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ । सोही कारण तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपियाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैङ्क पुगेको हो ।

राष्ट्र बैङ्कले बिहीबार जारी गरेको सूचनाअनुसार जारी गरिएको सात दिने अवधिको यस रिभर्स रिपो साउन १५ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । रिभर्स रिपो लिन चाहने बैङ्क तथा वित्तीय संस्थालाई बिहीबार दिउँसो २ः०० बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिएको थियो ।

बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अत्यधिक भएपछि राष्ट्र बैङ्कले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा रिपोमार्फत रु. ११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत १०३ अर्ब २८ करोड गरी कुल रु. २१९ अर्ब १५ करोड तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत रु. १४१ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत १४६ अर्ब २८ करोड गरी कुल रु. २८७ अर्ब ५७ करोड तरलता प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा खुला बजार कारोबारमार्फत कुल रु. ७८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क)बाट अमेरिकी डलर तीन अर्ब ५९ करोड खुद खरिद गरी रु. ४१७ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९२ करोड खुद खरिद गरी रु. ३३० अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ४८ करोड बिक्री गरी रु. ४०१ अर्ब तीन करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ९० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु. ४७८ अर्ब १४ करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com