लाइनमा बसेका सबैले तेल भर्न किन पाउँदैनन् ?


प्रकाशित मिति : बैशाख ८, २०७४ शुक्रबार

एक हप्तादेखि काठमाडौंमा पेट्रोलको अभाव भएको छ । अधिकांश पम्पहरुमा पेट्रोल वितरण नै भएको छैन भने वितरण भएका पम्पमा उपभोक्ताको लाइन रहेको जनाईएको छ ।
मागअनुसार आपूर्ति गर्न नसकेको आयल निगमले दोष उपभोक्तामाथि नै लगाएको जनाईएको हो ।
तराई आन्दोलनको घोषणापछि ‘तेल अभाव हुने’ अफबाह फैलिएपछि धेरै उपभोक्ता पेट्रोलपम्पहरुमा सवारी साधन लिएर लाइन लागेको नेपाल आयल निगमको दावी छ ।
नेपाल आयल निगमले भने तेल अभाव भएको भन्ने भ्रामक हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । आयल निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले भारतबाट मागअनुसार तेल आइरहेको र बजारमा पनि मागअनुरुप तेल आपूर्ति भइरहेको बताएको जनाईको हो ।

उपभोक्ताका अनुसार नेपाल आयल निगमको लापरवाहीका कारण एक हप्तासम्म तेल अभाव हुँदा पनि बजारमा आपूर्ति सहज नभएको हो। उपभोक्ताहरु नेपाल आयल निगमको गैरजिम्मेवारीपनले आनावश्यक सास्ती भोग्नु परेको भन्दै आक्रोशित छन् ।

तेल बाँडिएका पम्पमा पनि लाइनमा बसेका सबैले तेल भर्न पाएका छैनन् भने अधिकांश पम्पहरुमा ‘पेट्रोल छैन’ को बोर्ड टाँगिएको छ ।
आयल निगमले दैनिक ५ लाख लिटर तेल वितरण गरिरहेको बताएपनि उपभोक्तालाई ५ लिटर तेल हाल्न मुस्किल रहेको बुझिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com