सन्तुलित र वस्तुगत समाचार सम्प्रेषण गर्न आयुक्तको आग्रह


प्रकाशित मिति : बैशाख ८, २०७४ शुक्रबार

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित भइ पहरेदारको जिम्मेवारी सम्हाल्न सञ्चारमध्यमलाई आग्रह गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले आज आयोजना गरेको ‘आगामी स्थानीय तहको निर्वाचनमा सन्तुलित समाचार सम्प्रेषण र समाचारको महत्व’ विषयक कार्यशालामा सहभागी पत्रकारसँग उहाँले उक्त आग्रह गर्नुभएको हो ।

प्रमुख आयुक्त डा यादवले भन्नुभयो “सञ्चारमध्यमले पस्किएका सामग्रीबाट आचारसंहिता उल्लङ्घन भई हालसम्म आयोगले कुनै हैरानी व्यहोर्नु परेको छैन, देश निर्वाचनमय भएको छ, यो वातावरण बनाउन सञ्चारमध्यमले निर्वाह गरेको भूमिका निकै प्रशंसनीय छ ।

नेपालको संविधानअनुरुप स्थानीय तहमा लैङ्गिक समानताका हिसाबले ऐतिहासिकरुपमा रहने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मिति निकै नजिक आइरहेको अवस्थामा सञ्चारमध्यमबाट सत्यतथ्यमा आधारित सन्तुलित र वस्तुगत समाचार सम्प्रेषण हुनुपर्दछ भन्दै उहाँले निर्वाचनको व्यवस्थापकीय दृष्टिकोणबाट आयोग निकै अघि बढिसकेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्वाचनको सरगर्मी सकारात्मक हिसाबले गाउँ टोलमा तीव्ररुपमा अघि बढिरहेको, वातावरण थप अनुकूल बन्दै गएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको महाअभियानमा मिडियाजगत्ले मतदातालाई साथमै लिएर अघि बढिरहेको आफूले अनूभूत गरेको बताउनुभयो ।

केन्द्रीय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरन्जीवी खनालले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषणमा सञ्चारकर्मीले निष्पक्षतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपालस्थित जाइकाका प्रतिनिधि जुन साकुमाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आम सञ्चारमाध्यमको भूमिका निकै महत्वपूर्ण रहने बताउनुभयो ।

नेपालका सञ्चारगृह र सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा जाइकाले निरन्तर सहयोग पु¥याउँदै आएको बताउँदै उहाँले निर्वाचन आयोगलाई पनि भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउने वचन दिनुभयो ।

जापानको सार्वजनिक प्रसारण संस्थाका महासचिव तोसियुकी सातोले निर्वाचनको समयमा सञ्चारमाध्यमले सन्तुलन कामय गर्ने कुरालाई विशेष ख्याल गर्न आवश्यक रहेको बताउनुभयो ।

जापानी प्रसारण संस्था एनएचके इन्टरनेसनलका अध्यक्षमा कोटो हाराडाले ‘चुनावी समाचार सन्तुलन ः र निष्पक्षता जापानी अनुभव’ विषयक कार्यपत्र प्रस्तुत गर्दै स्वच्छ र स्वतन्त्र निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका बारे चर्चा गर्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com