शनिबार नागपञ्चमी, पण्डित शास्त्रीले न्युयोर्कमा निशुल्क नाग वितरण गर्ने


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

शनिबार नागपञ्चमी । खासगरी नागपञ्चमीदेखि हिन्दुहरुका चाडपर्वहरु सुरु हुने गर्छन् । नागपञ्चमीको दिनमा घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा गर्ने चलन रहेको छ भने घरघरमा नाग अंकित चित्र टाँस्ने चलन रहेको छ ।

न्युयोर्कको रिजउड निवासी ज्योतिष पण्डित उद्धव शास्त्रीले नागपञ्चमीको अवशरमा सबैलाई निशुल्क नाग अंकित चित्र वितरण गर्ने बताउनुभएको छ । नागपञ्चमीको दिनमा नाग अंकित चित्र टाँस्न चाहनेहरुले शास्त्रीलाई सम्पर्क गरेर निशुल्क नागको चित्र प्राप्त गर्न सक्नेछन् । शास्त्रीलाई ६१५ ४३९ ७७९८ नम्बरमार्फत सम्पर्क गर्न सकिनेछ ।

शास्त्रीले अमेरिकामा समेत आफ्नो धर्म र संस्कृति जोगाइराख्न नागको चित्र टाँस्ने कामलाई निरन्तरता दिइरहेको बताउनुभयो । विगतका बर्षहरुमा रिजउडमा रहेको मन्दिरबाट नागको चित्र वितरण गरिदै आएपनि यो बर्ष कोरोनाको महामारीका कारण त्यो सम्भव नभएकाले आफूसँग सम्पर्क गरेर प्राप्त गर्न सकिने उहाँको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नागपञ्चमीका दिनमा गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ । खासगरी १२ वटा नागहरु अनन्त, बासुकी, शेष, पद्म, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शंकल्पा, कालिया, तक्शका र पिंगला नागको पूजा गर्ने चलन रहेको छ ।

यीनै नागहरु अंकित चित्र लिएर पुरोहितहरु आआफ्नो जजमानको घरको दैलोमा गाइको गोबर र दुबो लिएर नाग टाँस्न जाने प्रचलन रहेको छ । दैलो वा मुल खाँबोमा टाँसिएको नागको चित्रले बर्षभरी रक्षा गर्ने जनविश्वास रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com