एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारको बहस कार्यक्रमको तयारी पूरा


प्रकाशित मिति : बैशाख ७, २०७४ बिहीबार

 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको डीसीमा हुने बहस कार्यक्रम को सम्पूर्ण तयारी पुरा भएको छ l

वासिगंटन डिसि स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित ग़ैर राजनीतिक तथा ग़ैर नाफा मूलक संस्था – भिजन फ़र नेपाल फ़ाउण्डेशनले आगामी शुक्रवार कार्यक्रमको आयोजना गर्ने गत अप्रिल १९ तारिखका दिन छापा बिज्ञप्ति द्वारा जानकारी गराएका छन् l

आगामी अप्रिल २१ ,२०१७ का दिन सांझ ५ बजे देखि ७ बजे सम्म डीसी महानगर क्षेत्रको भर्जिनियाको भियनामा बहस कार्यक्रम गर्ने छ भने युनाईटेड नेपलिज फेलोशिप नामक अर्को एक सामाजिक संस्थाको सहयोगमा पूरा गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बहसलाइ निष्पक्ष, स्वतन्त्र एवं प्रभावकारि ढगंले सम्पन्न गर्नका लागि कमिसन अन प्रेसिडेनसिएल डिबेट सगं सहकार्य गरेको ब्यहोरा जानकारी गराएको छ l बहसमा एनआरएन अमेरीकाको अध्यक्ष पदका प्रत्यासीहरूमा रबिना थापा ,केशव पौडेल ,कृष्ण पोख्रेल, राम पोख्रेल तथा गौरी जोशी सहभागि हुने जनाएका छन् l अध्यक्ष पदका अर्का प्रत्याशी दूर्गा दाहालले आफुले यस पटक उम्मेदवारी नदिने कुरा आयोजकलाई स्पष्ट पारेका छन् l

यसै गरि सामाजिक संजाल फ़ेसबुक मार्फ़त आफ्नो उम्मीदवारी घोषणा गर्नु भएका डिल्ली भट्टराइ तथा टेम्बा शेर्पा सगं भिजन फ़र नेपाल फ़ाउण्डेशनका प्रतिनिधिले उपस्थितीका बारेमा सम्पर्क गर्ने कोशिस असफल रहेका जनाएको छ l तर अध्यक्ष का प्रत्याशीहरूलाई अहिलेको सूचीमा राख्न असमर्थ भए पनि उम्मेद्वारहरु बहसका लागि उपस्थित भएको खण्डमा सहभागि गराइने ब्यहोरा बिज्ञप्ति मार्फत जानकारी गराएका छन् l

विश्व मै अनुकरणीय मानिने प्रजातांत्रिक शैली, खुला प्रतिस्पर्धा, र नेत्रृत्वका लागि आवश्यक ज्ञान, अनुभव र तर्क अनि बहसको परीक्षण एक साथ हुने गरेको अमेरिकी राष्ट्रपतिको चुनावी दौरानमा गरिने राष्ट्रपतीय बहसलाई मध्यनजर गर्दै उस्तै शैली र तयारीका साथ गरेको २०१५ को बहसले उम्मेदवारहरूलाइ आफ्ना तर्क प्रस्तुत गर्न एक साझा चौतारी उपलब्ध गराएको थियो भने नेपालीहरूलाइ आफ्नो नेता छान्नको लागि आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सहयोग गरेको थियो।

यसै बिच एनआरएन का सस्थापक अध्यक्ष डा उपेन्द्र महतो तथा पूर्व अध्यक्ष जीवा लामिछानेले बहस कार्यक्रमलाइ भिंडियो सम्बोधन गर्ने तय भएको छ। यो बहसले मतदाताहरूलाई आफ्नो योग्य प्रतिनिधी छान्न सहयोग हुने विश्वास भिजन फ़र नेपाल फाउण्डेशनको छ।

९० मिनट लामो बहसमा प्रत्यासिहरूले आफ्ना कुरा राख्नुको साथसाथै दर्शकदीर्घा लगायत बिभिन्न क्षेत्रबाट प्राप्त प्रश्नहरुको प्रत्यक्ष जवाफ दिने अवसर पाउने छन्। बहस कार्यक्रम स्थानीय टी भि बाट प्रत्यक्ष प्रसारण हुनुका साथै बिभिन्न सामाजिक संजालहरूबाट समेत प्रसारण गरिने भएको छ l

बहस कार्यक्रममा सहभागि हुनका लागि भिजन फ़र नेपाल फ़ाउन्डेशन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहीनिहरूलाई हार्दिक अनुरोध गर्दछ। बिविध कारणवश बहसमा प्रत्यक्ष सहभागि हुन नसक्ने दाजुभाइ दिदीबहीनिहरूले आफ्ना प्रश्न एवं जिज्ञासाहरू [email protected] मा पठाएर सहयोग गर्न सक्नुहुनेछ।

कार्यक्रम स्थान :

8925 Leesburg Pike
Vienna, VA 22182 को Community Hall C
(ground Floor)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com