नेपालमा निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन मौसमविद्को सुझाव


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने क्रम जारी रहेपछि थप सतर्कता जरुरी भएको छ । पहाडी क्षेत्रमा लगातारको मध्यम झरी र तराईका क्षेत्रका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएसँगै विपद्को पूर्वतयारी आवश्यक भएको छ ।

“मध्य तराई र पश्चिम तराईमा भारी वर्षा भइरहेको छ, काठमाडौँलगायत पहाडी भेगमा मध्यम वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले देशभर नै थप सतर्कता अपनाउनु आवश्यक भएको बताउनुुभयो ।

उहाँका अनुसार प्रदेश ५ को तराई क्षेत्र, बाग्मती प्रदेशको तराई क्षेत्र र प्रदेश २ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ । पश्चिमको कञ्चनपुरसहितका केही स्थानमा कम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मनसुन फेरि सक्रिय हुने पूर्वसूचना दिँदै केही क्षेत्रमा भारी वर्षाको सूचना दिएको छ ।

सोही अनुसार आउँदो चार दिन केही भेगमा अधिक वर्षा हुनसक्ने औँल्याइएको छ । साथै सम्बन्धित सरोकारवालालाई बाढी, पहिरो र डुबानलगायतका विपद्विरुद्ध पूर्वतयारी थाल्न अपिल गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले साउन ५ देखि ९ गतेसम्म कन्काई, कोसी, बाग्मती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती र प्रदेश १, २ र ५, बाग्मती तथा गण्डकी प्रदेश भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना रहेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबारदेखि कोसी, नारायणी, महाकाली नदीमा बहाव सतर्कता तह पुग्ने अनुमान गरिएको छ । मङ्गलबार कोसी बढेर तराईमा बाढी र डुबान हुनसक्ने भएकाले पूर्वतयारी गर्न भनिएको छ । अन्य नदीको बहाव उत्तिकै रहने अनुमान गरिएको छ ।

यस्तै सुर्खेतमा एक वर्षअघि स्थापना गरिएको राडार बिग्रिएको झन्डै एक महिनापछि बनेको छ । राडार बिग्रदा वर्षा, बादलसहित मनसुनी क्रियाकलापको सूचना सङ्कलनमा समस्या भएको थियो । वर्षा सुरु नहुँदै बनाउने प्रयास भए पनि बन्दाबन्दीका कारण नसकिएको मौसमविद्हरूले जनाउनुभएको छ तर पछि अलिक खुकुलो भएसँगै प्राविधिक टोली काठमाडौँबाट सुर्खेत पुगेर राडारको मर्मत सम्भार गरेको जल तथा मौसम विज्ञान कार्यालय नेपालगञ्जका मौसमविद् विनोद पराजुलीले जानकारी दिनुभयो ।

राडारले त्यहाँबाट पूर्व अर्घाखाँची र बुटवलसम्म तथा पश्चिम नेपालसहित २२ जिल्लाको समग्र पूर्वसूचना प्रणाली नियमन गर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com