पार्किङ लट, चौर र ड्राइभ थ्रुबाटै बाँडिदै अमेरिकी नागरिकता (फोटो फिचर)


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

कोरोनाको महामारीका कारण अमेरिकी सरकारको युएससीआईएसले पार्किङ लट, चौर र ड्राइभ थ्रुबाटै नागरिकता वितरण गरिरहेको छ । हलमा गरिएका नागरिकता वितरण समारोहहरु पनि सानो संख्यामा र सामाजिक दुरी कायम गरेरमात्र गरिएको छ ।

जुनदेखि खुलेको युएससीआईएसले अहिले सबै आवेदन स्वीकृत भएर नागरिकता पाउन बाँकी रहेकाहरुलाई ससाना समारोहहरु गरेर नागरिकता वितरण गरिरहेको छ । यसरी बाँकी रहेकाहरुलाई जुलाईभरीमा नागरिकता वितरण गरिसक्ने युएससीआईएसको लक्ष्य रहेको छ ।

क्यालिफोर्निया लगायतका कैयन स्थानमा नागरिकता वितरण र सपथ ड्राइभ थ्रु मार्फत समेत गरिएको छ । नागरिकता प्राप्त गर्ने व्यक्ति गाडीबाटै बाहिर ननिस्केर सपथ लिने र नागरिकताको प्रमाण पत्र ग्रहण गर्ने गरेको युएससीआईएसले जनाएको छ ।

त्यस्तै पार्किङ लट र खुला चौरमा समेत नागरिकता वितरण कार्यक्रमहरु भएका छन् ।

देसमोनिसको फिल्ड अफिसले पार्किङ लटमै नागरिका वितरण समारोह गरेको थियो । त्यस्तै शान डिएगोमा पनि पार्किङ लटमै नागरिकता वितरण समारोह गरिएको छ ।

फोटो : युएससीआईएस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com