विद्युतीय बत्तीले सडक झिलिमिली


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

– सुरज घिमिरे / बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्रका सडक सफा र हरियाली मात्र होइन झिलिमिलि पनि हुन थालेको छ । नगर भित्रको ६ लेन सडकमा व्यवस्थित बिजुली बत्तीको व्यवस्था भएपछि रातको समयका थप मनमोहक दृश्यसहित यात्रुहरुको मनै लोभ्याउन सडकका रुपमा परिणत भएको छ । सडक बिचमा रहेको डिभाइडरमा हरियाली भरेर चिटिक्क परेका छन् । सडकको दुबै छेउमा रूख रोपेर हरियाली र मनमोहक बनाईएको छ ।

सौर्य ऊर्जा (सोलार) प्रभावकारी नभएपछि तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल देखि कोटिहवासम्मको सडकखण्डमा बत्ती जडान गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । दुई वर्षअघि १० वर्षका लागि सम्झौता गरेर दुई करोड रुपैयाँ लगानी गरेर जडान गरिएका सोलार बत्ती बल्न छाडेपछि नगरपालिकाले सडक बत्ती जडानको काम अगाडि बढाएको उनले बताए । ‘नगरलाई उज्यालो बनाउन हामिले सोलार बत्ती जडान गर्यौ, त्यो त्यती प्रभावकारी भएन’, नगरप्रमुख घिमिरेले भने, ‘उज्यालो तिलोत्तमा अभियान अन्तर्गत विद्युतीय सडक बत्ती जडान गरि नगरलाई उज्यालो बनाउने अभियानमा लागिपरेका छौं ।’

नगरप्रमुख घिमिरले रातिमा यात्रा गर्दा यस सडक खण्डमा धेरै दुर्घटना निम्तिएको बताउँदै सडक बत्तीले दुर्घटना न्यून हुने विश्वास लिएको बताए । उनले हिँडडुल गर्नलाई असुरक्षित हुने गरेकाले नगरवासी र पर्यटकलाई ध्यान दिई सडक बत्ती जडान गरी सञ्चालनमा ल्याएको जिकिर गरे । सडक बत्तीका कारण अब रातीको समयमा झलमल्ल उज्यालोमा हिँडडुल गर्न सकिने छ । पहिलो चरणमा ड्राइभरटोलदेखि कोटिहवासम्म बत्ती जडान गरिएको र दोस्रो चरणमा योेगीकुटीदेखि ड्राइभर टोलसम्म र कोटिहवा दक्षिणको बाँकी भागमा पनि विद्युतीय सडक बत्तीको जडान हुने घिमिरेले जानकारी दिए ।

बुटवल–बेलहिया सडक आयोजनाका अनुसार तिलोत्तमा नगरभित्र १४ किलोमिटर दूरीमा बत्ती जडान गरिएको छ । सडकको बीचमा रहेका डिभाइडरमा ३०-३० मिटरको फरकमा पोल गाडिएका पोलका दायाँ–बायाँ १ सय ५० वाटका दुई बल्ब जडान गरिएका छन् । सर्भिस लेनमा ४० वाटका बल्ब राखिएका छन् । काठमाडौंको नरेन्द्र पीएसएस जेभीले ठेक्का लिएको छ । डिभाइडरमा बल्ने बत्तीको महसुल नगरपालिकाले र सर्भिस लेनमा बल्ने बत्तीको महसुल सम्बन्धित टोल विकास संस्थाले बेहोर्ने नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । २ वर्षसम्म सडक बत्तीको मर्मत–सम्भारको जिम्मेवारी ठेकेदार कम्पनीले लिएको नगरपालिकाले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com